ताजा अपडेट »

तिलोत्तमामा खाँण भन्दा चापागाईँ १९४ मतले अगाडि

शुक्रबार, ०६ जेठ २०७९, १३ : ०५
6 Shares

बुटवल । रुपन्देहीको तिलोत्तमामा जारी मत गणनामा नेकपा एमालेका तर्फबाट प्रमुख पदका उम्मेद्वार मोहन चापागाईंले अग्रता लिएका छन् ।

१७ हजार हजार ३ मतगणना गरेर सक्दा चापागाईंले ६ हजार ७५० मत प्राप्त गरेर अघि छन् । निकटतम प्रत्यासी गठबन्धन दलका तर्फबाट मेयर उम्मेद्वार खाँणले ६ हजार ५५६ मत प्राप्त गरेका छन् । खाँण चापागाईंभन्दा १९४ मतले पछि परेका छन् ।

यसैगरी उप प्रमुख पदमा पनि नेकपा एमालेकी जागेश्वरीदेवि चौधरीले फराकिलो मतान्तर कायम राखेकी छन् । पछिल्लो मत परिणाम अनुसार चौधरीले ६ हजार ४८० मत प्राप्त गर्दा निकटतम प्रत्यासी गठबन्धन दलको तर्फबाट गोलाकार भित्र हँसिया हथौडामा
३ हजार ८८ मत प्राप्त भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।