बुटवल । रुपन्देहीको तिलोत्तमामा जारी मत गणनामा नेकपा एमालेका तर्फबाट प्रमुख पदका उम्मेद्वार मोहन चापागाईंले मतान्तर बढाउँदै लगेका छन् । उनले गठबन्धनका तर्फबाट उम्मेद्वार रनमकृष्ण खाँणलाई पछि।पारेका हुन् ।
विहान ९ बजेसम्म १६ हजार ५८४ मत गणना गरेर सक्दा चापागाईंले ६ हजार ५७६ मत प्राप्त गरेर अघि छन् । निकटतम प्रत्यासी गठबन्धन दलका तर्फबाट मेयर उम्मेद्वार खाँणले ६ हजार ३५५ मत प्राप्त गरेका छन् । खाँण चापागाईंभन्दा २२१ मतले पछि परेका छन् यद्यपि तिलोत्तमामा करिब ७५ प्रतिशत मत गणना बाँकी नै छ ।
यसैगरी उप प्रमुख पदमा पनि नेकपा एमालेकी जागेश्वरीदेवि चौधरीले फराकिलो मतान्तर कायम राखेकी छन् । उनी ३ हजार ३२४ मतले अघि रहेकी छन् । पछिल्लो मत परिणाम अनुसार चौधरीले ६ हजार ३०९ मत प्राप्त गर्दा निकटतम प्रत्यासी गठबन्धन दलको तर्फबाट गोलाकार भित्र हँसिया हथौडामा २ हजार ९८५ मत प्राप्त भएको छ ।
पुन: मत गणना गरिएको तिलोत्तमा २ मा नेपाली काँग्रेसले अग्रता लिएको छ। वडा अध्यक्षमा रुख चिन्हमा ९६९ मत प्राप्त हुँदा सूर्य चिन्हमा ७७९ मत प्राप्त भएको छ । गठबन्धनको रुख चिन्ह १९० मतले अघि छ । यसैगरी वडा नम्बर १६ को अध्यक्षमा भने नेकपा एमालेले उछिनेको छ । रुख चिन्हमा ८४२ मत प्राप्त हुँदा एमालेको सूर्य चिन्हमा ८९१ मत प्राप्त भएको छ । ४९ मतले काँग्रेसका उम्मेद्वार पछि परेका छन् ।
तिलोत्तमा १५ को वडा अध्यक्षमा पनि एमाले अघि छ । सूर्य चिन्हमा १ हजार १३ मत प्राप्त हुँदा रुख चिन्हमा ८१७ मत प्राप्त भएको छ । १९६ मतले एमाले अघि रहेको छ । तिलोत्तमा ३ मा नेपाली काँग्रेसको अग्रता रहेको छ । वडा अध्यक्ष पदमा रुख चिन्हका लागि ९५४ मत प्राप्त हुँदा सूर्य चिन्हमा ७८३ मत प्राप्त भएको छ । मतान्तर १७१ को छ ।
प्रतिक्रिया