ताजा अपडेट »

बुटवलको प्रमुखमा गठबन्धनका पाण्डे र उपप्रमुखमा एमालेकी अर्याल फराकिलो मतान्तरले अघि बढ्दै

शुक्रबार, ०६ जेठ २०७९, ०८ : ३७
6 Shares

बुटवल । रुपन्देहीको बुटवल उप-महानगरपालिकामा प्रमुख पदका लागि नेपाली काँग्रेस तथा उप प्रमुख पदमा नेकपा एमालेको अग्रता कायम रहेको छ । गठबन्धनको तर्फबाट प्रमुख पदका उम्मेद्वार खेलराज पाण्डे ६ हजार ३९४ मतले अघि रहेका छन् ।

फराकिलो मतान्तर बनाइरहेका पाण्डेले पछिल्लो मत परिणाम अनुसार २३ हजार ४३३ मत प्राप्त गरेका छन् । निकटतम प्रतिद्वन्दी नेकपा एमालेका बाबुरनम भट्टराईले १७ हजार ३९ मतलप्राप्त गरेका छन् ।

यसैगरी उप प्रमुख पदमा भने गठबन्धनलाई पछि पार्दै नेकपा एमालेकी सावित्रा अर्याल अघि रहेकी छन् । उनले १८ हजार ८७५ मत प्राप्त गर्दा गठबन्धनका तर्फबाट उम्मेद्वार बनेका चिनबहादुर गुरुङको मत १३ हजार ४१९ रहेको छ । अर्याल गुरुङभन्दा ५ हजार ४५६ मतले अघि छिन् । १९ वटा वडा रहेको बुटवलमा अहिलेसम्म १, २, ३, ४, ५, ६, ७,८,९,१०,१३,१४ १५, १६, १७, १८ र १९ को नतिजा सार्वजनिक भइसकेको छ ।

यहाँ १०,१४, १८ र १९ एमालेले जितेको छ भने १ मा स्वतन्त्रले जितेको हो । त्यस्तैगरी २ मा समाजवादी, ३ मा माओवादी केन्द्र ४, ५, ६, ७, ८,९,१३,१५, १६ र १७ मा काँग्रेसले जितेको छ ।

अहिले वडा नं ११ र १२ को मतगणना जारी छ । वडा न ११ लाइ निर्णायक मानिन्छ । यहाँ १० हजार ३ सय मत खसेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।