ताजा अपडेट »

तिलोत्तमामा मतान्तर बढाउँदै चापागाईं, उप मेयरमा चौधरी ३ हजार मतले अघि

शुक्रबार, ०६ जेठ २०७९, ०६ : ५२
32 Shares
शुक्रबार, ०६ जेठ २०७९
32 Shares

बुटवल । रुपन्देहीको तिलोत्तमामा जारी मत गणनामा गठबन्धन दल र नेकपा एमाले बीच कडा टक्कर देखिएको छ । पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका मेयर उम्मेदवार मोहन चापागाईंले अग्रता कायम गरेका छन् ।

विहान ५:५५ बजेसम्म १५ हजार २६१ मत गणना गरेर सक्दा चापागाईंले ५ हजार ९९३ मत प्राप्त गरेर अघि छन् । निकटतम प्रत्यासी गठबन्धन दलका तर्फबाट मेयर उम्मेद्वार नेपाली काँग्रेसका रामकृष्ण खाँणले ५ हजार ८५६ मत प्राप्त गरेका छन् । खाँण चापागाईंभन्दा १३७ मतले पछि परेका छन् । यसैगरी उप प्रमुख पदमा भने नेकपा एमालेकी जागेश्वरीदेवि चौधरीले फराकिलो मतान्तर कायम राखेकी छन् । उनी २ हजार ९९५ मतले अघि रहेकी छन् । पछिल्लो मत परिणाम अनुसार चौधरीले ५ हजार ७४३ मत पाप्त गर्दा निकटतम प्रत्यासी गठबन्धन दलको तर्फबाट गोलाकार भित्र हँसिया हथौडामा २ हजार ७४८ मत प्राप्त भएको छ ।

पुन मत गणना गरिएको तिलोत्तमा २ मा नेपाली काँग्रेसले अग्रता लिएको छ। वडा अध्यक्षमा रुख चिन्हमा ७८३ मत प्राप्त हुँदा सूर्य चिन्हमा ६८८ मत प्राप्त भएको छ । गठबन्धनको रुख चिन्ह ९५ मतले अघि छ । यसैगरी वडा नम्बर १६ को अध्यमा पनि काँग्रेसनै रहेको छ । रुख चिन्हमा ७४५ मत प्राप्त हुँदा एमालेको सूर्य चिन्हमा ७०७ मत प्राप्त भएको छ । ३८ मतले काँग्रेसका उम्मेद्वार अघि रहेका छन् । तिलोत्तमा १५ को वडा अध्यक्षमा भने एमाले अघि छ । सूर्य चिन्हमा ८१८ मत प्राप्त हुँदा रुख चिन्हमा ६५१ मत प्राप्त भएको छ । १६७ मतले एमाले अघि रहेको छ । तिलोत्तमा ३ मा नेपाली काँग्रेसको अग्रता रहेको छ । वडा अध्यक्ष पदमा रुख चिन्हका लागि ८४१ मत प्राप्त हुँदा सूर्य चिन्हमा   ६७० मत प्राप्त भएको छ । मतान्तर १७१ को रहेको छ  ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।