२१ असार २०७९, मंगलवार

Jul 5, 2022

बुटवल । रुपन्देहीको तिलोत्तमामा जारी मत गणनामा गठबन्धन दल र नेकपा एमाले बीच कडा टक्कर देखिएको छ । पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका मेयर उम्मेदवार मोहन चापागाईंले अग्रता कायम गरेका छन् ।

विहान ४:२५ बजेसम्म १४ हजार ६५३ मत गणना गरेर सक्दा चापागाईंले ५ हजार ७७० मत प्राप्त गरेर अघि छन् । निकटतम प्रत्यासी गठबन्धन दलका तर्फबाट मेयर उम्मेद्वार नेपाली काँग्रेसका रामकृष्ण खाँणले ५ हजार ६३५ मत प्राप्त गरेका छन् । खाँण चापागाईंभन्दा १३५ मतले पछि परेका छन् । यसैगरी उप प्रमुख पदमा भने नेकपा एमालेकी जागेश्वरीदेवि चौधरीले फराकिलो मतान्तर कायम राखेकी छन् । उनी २ हजार ९१३ मतले अघि रहेकी छन् । पछिल्लो मत परिणाम अनुसार चौधरीले ५५४४ मत पाप्त गर्दा निकटतम प्रत्यासी गठबन्धन दलको तर्फबाट गोलाकार भित्र हँसिया हथौडामा २ हजार ६३१ मत प्राप्त भएको छ ।

पुन मत गणना गरिएको तिलोत्तमा २ मा नेपाली काँग्रेसले अग्रता लिएको छ। वडा अध्यक्षमा रुख चिन्हमा ६६२ मत प्राप्त हुँदा सूर्य चिन्हमा ६१० मत प्राप्त भएको छ । गठबन्धनको रुख चिन्ह ५२ मतले अघि छ । यसैगरी वडा नम्बर १६ को अध्यमा पनि काँग्रेसनै रहेको छ । रुख चिन्हमा ७४५ मत प्राप्त हुँदा एमालेको सूर्य चिन्हमा ७०७ मत प्राप्त भएको छ । ३८ मतले काँग्रेसका उम्मेद्वार अघि रहेका छन् । तिलोत्तमा १५ को वडा अध्यक्षमा भने एमाले अघि छ । सूर्य चिन्हमा ७७७ मत प्राप्त हुँदा रुख चिन्हमा ६०८ मत प्राप्त भएको छ । १६९ मतले एमाले अघि रहेको छ । तिलोत्तमा ३ मा नेपाली काँग्रेसको अग्रता रहेको छ । वडा अध्यक्ष पदमा रुख चिन्हका लागि ७४३ मत प्राप्त हुँदा सूर्य चिन्हमा   ५९७ मत प्राप्त भएको छ । मतान्तर १४६ को रहेको छ  ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

गोली देखाई छिमेकी तर्साउने एक जना पक्राउ काठमाडौँमा थप दुई जनामा हैजा बस दुर्घटना : नौ जनाको मृत्यु, २४ घाइते भैरहवा डान्सिङ सुपर स्टारको दोस्रो सिजन हुने डालिमार्टबाट म्याद गुज्रिएको र किरा परेको खाद्यान्‍न बरामद दुई पाङ्ग्रेलाई पाँच र चार पाङ्ग्रेलाई २० लिटर इन्धन दिन प्रस्ताव ७० वर्षयताकै खराब खडेरी, आपतकालीन अवस्था घोषणा ठेकेदारको लापरवाही : करोडौँको योजना पहिराका जोखिममा दक्षिण चीन सागरमा १२ शव फेला विनोद शाही मृत्यु प्रकरणः सदरमुकाम निषेधित क्षेत्र घोषणा माओवादी केन्द्रको बैठक स्थगित श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको आईपीओ बाँडफाँट अमिताभले जितेको त्यो चुनावः जहाँ मतपत्रमा स्वस्तिकको सट्टा चुम्बनसहित लिपस्टिकको छाप थियो बाबुरामले बोलाए समानान्तर केन्द्रिय समितिको विस्तारित बैठक सीसीटीभी फुटेज डिलिट गर्नु अपराध हो : उपमहासचिव ज्ञवाली माओवादी बैठक जारी, आज प्रचण्डले जवाफ दिदैँ पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध इन्धन अभावले श्रीलङ्कामा विद्यालय बन्दको घोषणा राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आईपीओ निष्काशन गर्ने मौसम : आज यी स्थानहरुमा वर्षाको सम्भावना