१९ असार २०७९, आईतवार

Jul 3, 2022

बुटवल । रुपन्देहीको तिलोत्तमामा २ देखि रोकिएको मत गणना गएरातीदेखि पुनः सुचारू भएको छ । मँगलबार विहान ३ बजेदेखि रोकिएको मत गणना बुधबार सर्वदलीय बैठक बसेर पुनः सुचारू गर्नै लाग्दा फेरी विवाद उत्पन्न भएको थियो । नेपाली काँग्रेस र नेकपा एमालेका नेता कार्यकर्ता बीचको आरोप प्रत्यारोपले पुन: स्थगित हुन लागेको गणना सहमतिपछि सुचारु भएको हो ।

Advertisement

तिलोत्तमाको पछिल्लो मत गणना तथ्याङ्क अनुसार गठबन्धन दलका रामकृष्ण खाँणले अग्रता लिएका छन् । विहान ४:५० बजेसम्मको तथ्याङ्क अनुसार रुख चिन्हमा खाँणले ३ हजार ८२८ मत प्राप्त गर्दा निकटतम प्रत्यासी नेकपा एमालेका मोहन चापाईंले सूर्य चिन्हमा ३ हजार ६२१ मत प्राप्त गरेका छन् ।

कुल ९ हजार ९४२ मत गणना गरेर सक्दा उप मेयर पदमा भने गठबन्धनलाई पछि पार्दै एमालेकी जागेश्वरीदेवि चौधरीले अग्रता कायम राखेकी छन् । गठबन्धनभन्दा दोब्बर मत बनाएकी उनको ३ हजार ४४८ हुँदा गठबन्धनको गोलाकार भित्र हँसिया हथौडा चिन्हमा १ हजार ७२२ मत प्राप्त भएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

अढाई करोडका सिन्काले दाँत कोट्याउँछन् नेपाली ! पौडी खेल्ने क्रममा दुई भारतीय नागरिकको मृत्यु तत्कालीन नेकपाका बहुमत सदस्यको भेटवार्ता, के भयो कुराकानी ? सरसफाइका लागि कठोर नीति ल्याउँदै तुलसीपुर चट्याङ लागेर ३ बाख्रा र एक भैंसी मरे, एक महिला घाइते जन्ती हिँडेको ट्याक्टर दुर्घटना, १ जनाको मृत्यु फूलहरूलाई के हिउँद, के बर्खा (फोटोफिचर) बुटवल मण्डपको नाम फेर्ने उपमहानगरको निर्णयप्रति व्यवसायिक संघ-संस्थाहरुको असहमति, फिर्ता लिन माग तुलसीपुरका पानी मुहान क्षेत्रमा चुनढुगा उत्खननको तयारी, खानेपानी संस्थाको बिरोध एमालेभित्रको अन्तर्घात छानबिन गर्न कार्यदल तिलोत्तमालाई युवामैत्री स्थानीय शासन घोषणा गर्न प्रतिबद्धता छोरी भएर जन्मिनु विडम्बना हो ! अर्थ मन्त्रालयले लुकायो बजेट भाषणको अघिल्लो दिनको सीसीटीभी फुटेज हस्ताक्षर किर्ते गरी छ्यालिस लाख रुपियाँ अपचलन गर्ने कर्मचारी पक्राउ पन्ध्र प्रतिशत दलित बालबालिका विद्यालयको पहुँच बाहिर पत्रकार पन्थीको ‘अन्ट्रान्सलेटेबल’ विश्वका १२ देशमा अमेजनमार्फत हार्डकभर र पेपरब्याकमा विपद्बाट हुने क्षति न्यूनिकरण गर देशको आर्थिक अवस्था गम्भीर संकटमा : प्रचण्ड सेयर बजारमा हरियाली बुटवलमा साइन्स-म्याथ ओलम्पियाड, कान्ति माविका शिशिर प्रथम