ताजा अपडेट »

तिलोत्तमामा पुनः विवाद, मतगणना पनि रोकियो

बुधबार, ०४ जेठ २०७९, २३ : १४
6 Shares

बुटवल । रुपन्देहीको तिलोत्तमाको मत गणना पुनः रोएिको छ । कर्मचारीले एमालेको मत बढाएको भन्दै मंगलबार कांग्रेसले विरोध गरेपछि रोएिको मतगणना बुधबार राति ९ बजेदेखि हुने सहमति भएको थियो ।

सर्वदलीय तथा निर्वाचन आयोगसहितको सहमति अनुसार बुधबार राति मतगणना सुरु भएतापनि पनि रोकिएको छ । एमाले प्रतिनिधिले मापसे सेवन गरी मतगणना स्थल प्रवेश गरेपछि विवाद भएको कांग्रेस प्रतिनिधिहरुले बताएका छन् । उनीहरुले एमाले तिलोत्तमा ५ का वार्ड सदस्य उम्मेदवार मनिष अधिकारी मापसे सेवन गरी मतगणना स्थलमा प्रवेश गरेको बताएका छन् ।

उता एमाले प्रतिनिधिहरुले भने शान्ति नमुना माध्यमिक विद्यालयका प्रध्यानाध्यापक कुलप्रसाद लामिछाने मतगणना स्थलमा दलको प्रतिनिधि बनेर गएपछि बिवाद उत्पन्न भएको बताएका छन् । स्रोतका अनुसार स्थागित मतगणनालाई थप सुरक्षासहित कडा निगरानीमा सूचारु गर्ने आवश्यक परे सेना परिचालन गर्ने तयारी रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।