१३ चैत्र २०७९, सोमबार

Mar 27, 2023

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगर पालिकामा नेपाली कांग्रेसका इश्तियाक अहमद खान विजयी भएका छन । मतगणना सुरु भए देखि नै अग्रता लिएका खानले ९ हजार १ सय ३४ मत ल्याइ विजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका सागर प्रताप राणाले ८ हजार १ सय ३७ मत र नेकपा एमालेका डाक्टर राम प्रसाद बस्यालले ७ हजार ३ सय ५ मत र जसपाका मातृकाप्रसाद यादवले १ हजार ९ सय ८९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

Advertisement

यस्तै उप-प्रमुखमा नेकपा एमालेकी उमा अधिकारी ८ हजार ८सय १३ मत प्राप्त गरि विजयी भएकी छिन । उनको निकटतम प्रतिद्वन्द्वी राप्रपाकी विनिता गुप्ताले ६ हजार ५ सय ४४ मत प्राप्त गरिन भने माओवादी केन्द्रकी कमला थापाले ४ हजार ५ सय ९२ मत र जसपाकी आश्मा खातुनले २ हजार ४ सय ४२ मत प्राप्त गरिन ।

सिद्धार्थनगर नगर पालिका वडा नम्बर १ मा जसपाका उज्वल पोखरेल ७ सय ५८ मत ल्याइ विजयी भएका छन ।उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका याम बहादुर थापाले ७ सय २० मत प्राप्त गरे । वडा नम्बर २ मा राप्रपाका छेदीलाल श्रीवास्तव ४ सय ४३ मत ल्याइ विजयी भएका छन नेकपा एसका सुनिल कुमार पुन ४ सय ३६ मत ल्याइ दोश्रो भए ।

वडा नम्बर ३ मा पनि राप्रपाकै नारायण प्रसाद उपाध्याय ८ सय ७ मत ल्याइ विजयी घोषित भए । उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका केशव कुवरले ७ सय ६६ मत प्राप्त गरे । वडा नम्बर ४ मा राप्रपाकै मुक्तिनाथ यादव ९ सय ७ मत ल्याइ विजयी भएका छन । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मिलन बस्नेतले ५ सय ८३ मत प्राप्त गरे । वडा नम्बर ५ मा नेपाली कांग्रेसका पुरन प्रसाद श्रेष्ठ २ सय ६५ मत ल्याइ विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका चेत बहादुर क्षेत्रीले २ सय ४ मत पाए ।

यसै गरि वडा नम्बर ६ मा कांग्रेसकै बिरेन्द्रनाथ श्रीवास्तव १ हजार १ सय ५ मत ल्याइ पुन: वडाध्यक्षमा दोहोरिएका छन । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका रामदयाल तेलीले ८ सय ७ मत प्राप्त गरे । वडा नम्बर ७ मा पनि कांग्रेसकै दामोदर शर्मा विजयी भएका छन । शर्माले ५ सय ३३ मत ल्याउदा राप्रपाका चन्द्रभक्त श्रेष्ठले ३ सय ७४ मत प्राप्त गरे ।

वडा नम्बर ८ मा कांग्रेसकै राजनजङ्ग राणा दोहोरिएका छन । राणाले १ हजार ४ सय ८४ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी उमेष थापाले १ हजार २ सय १२ मत प्राप्त गरे । वडा नम्बर ९ मा नेकपा एमालेले कांग्रेसलाई पराजित गरेको छ । एमालेका शेषनारायण भन्डारी ८ सय ९४ मत ल्याइ पुन: वडाध्यक्षमा दोहोरिएक छन भने कांग्रेसका फणिन्द्र पौडेलले ७ सय ९८ मत प्राप्त गरे । वडा नम्बर १० म पनि एमालेकै सुर्जमन अहिर १ हजार १ मत ल्याइ विजयी भए ।

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका विजयनाथ धोबीले ७ सय २१ मत प्राप्त गरे । वडा नम्बर ११ मा एमालेकै दिलिप कुमार यादव ४ सय ८२ मत ल्याइ विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका राजेश्वर यादव ४ सय ४६ मत प्राप्त गरे । वडा नम्बर १२ मा कुमार गुरुङ ६ सय ५५ मत ल्याइ विजयी भएका छन ।

उनका निकटतम प्रतिद्वन्द्वी करुन्जन श्रेष्ठले ५ सय ५६ मत प्राप्त गरे । यस्तै वडा नम्बर १३ मा सोम बहादुर गुरुङ विजयी भएका छन । उनले ६ सय ९३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी सतिश मर्सानीले ५ सय ५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । नगरमा ४४ हजार ६ सय मतदाता रहेकोमा ३२ हजार ६७ मत खसेको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

सेयर बजारमा १७.७० अंकले बढ्यो गृहमन्त्रीबारे प्रधानमन्त्रीले निर्णय गर्ने हो, मैले होइन : उपप्रधानमन्त्री श्रेष्ठ ट्वीटरको मूल्य आधा घट्याे नेपाल वायुसेवा निगमलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण आरक्ष सहकारीबाट बचत फिर्ता पाएनन् बचतकर्ताले दुर्गेश थापासहित तीन जनाविरुद्ध प्रहरीमा उजुरी सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित बर्दिबासबाट हिँडेर १२ औँ दिनमा मातातीर्थ आइपुगे मिटरब्याज पीडितहरु (फोटो फिचर) एआईजी बढुवा सिफारिसमा सन्दीप भण्डारीको नाम पहिलो नम्बरमा मुटुरोगको समस्या भयावह बन्दैछ : डा उपाध्याय मेयर बालेन शाहविरुद्ध प्रदर्शन अझै पक्राउ परेनन् लक्ष्मी महतो कोइरी प्रचण्ड-देउवा-नेपाल वार्ताः भोलि गठबन्धनको बैठक बसेर मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति जनताप्रतिको सेवाभावले राजनीति समर्पित हुनुपर्छ : राष्ट्रपति पौडेल मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ चालकको मृत्यु एभरेष्ट बैंकले मनायो ‘ग्लोबल मनि वीक-२०२३’ प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता उपनिर्वाचनको उम्मेदवार तय गर्न राप्रपाको पदाधिकारी बैठक बस्दै भाटभटेनीेमा वीरगंजवासीको उत्साहजनक सहभागिता, शुभारम्भका छुट यथावत ( भिडियोसहित) कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै