१९ असार २०७९, आईतवार

Jul 3, 2022

काठमाडौं । डडेल्धुराको परशुराम नगरपालिकाको मेयरमा २९ वर्षीय भरत बडायर जोशी विजयी भए । जोशी बलिया प्रतिस्पर्धी माओवादी केन्द्रका शेरसिंह माल (डायमण्ड)लाई हराउँदै मेयरमा विजयी भएका हुन् ।

Advertisement

जोशीले पाँच हजार नाै सय ४१ मत पाए भने मालले पाँच हजार आठ सय पाँच मत पाए । जोशी माललाई एक सय ३६ मतले पछि पार्दै मेयरमा विजयी भएका हुन् ।  यहाँ २०७४ सालको चुनावमा कांग्रेसका भीमबहादुर साउदले मेयरमा जितेका थिए । वायुमण्डलीय भौतिक शास्त्रमा स्नातकोत्तर जोशी सबैभन्दा कान्छा नगर प्रमुख पनि बनेका छन् । वडा अध्यक्ष, नेपाली कांग्रेस गाविस सभापति र जिल्ला उपसभापति समेत भइसकेका धर्मानन्द भट्टलाई हराउँदै उनी नगर सभापति बनेका थिए । 

उम्मेदवारी दिएसँगै उनी राजनीतिको पूरानो ढर्रालाई परिवर्तर् गरेर युवाले देश हाक्नु पर्ने बताउँदै आएका थिए । आज आफूले काम गरेको खण्डमा भोलि अरू युवाले पनि आँट गर्ने उनको भनाइ छ । यता, नवलपुर (नवलपरासी बर्दघाट सुस्ता पूर्व) को बुलिङटार गाउँपालिकाको अध्यक्ष २७ वर्षीय युवाले जितेका छन् । एमालेबाट प्रमुखको उम्मेदवार बनेका दीपेन्द्र सुनारी चार हजार ५९ मत ल्याएर विजयी भएका हुन् ।

उनले नेपाली कांग्रेसका शशीकिरण बस्ताकोटीलाई पराजित गरेका हुन् । बस्ताकोटीले ३९ सय मत पाएका छन् । कांग्रेसको गढ मानिएको बुलिङटारमा २७ वर्षीय युवाले नेतृत्व सम्हाल्न पुगेका हुन् । सर्लाहीको रामनगर गाउँपालिकाको अध्यक्षमा २२ वर्षीय युवक निर्वाचित भएका छन् । नेकपा माओवादी केन्द्रका राजाबाबु यादव गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । निर्वाचित राजा बाबुको चार हजार ८१ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ४१ वर्षीय हरिनन्दनप्रसाद यादवले दुई हजार तीन सय ९२ मत पाए । राजाबाबु पूर्व सांसद शिवपुजन राय यादवका छोरा हुन् ।

पर्साको कालिकामाई गाउँपालिकाको अध्यक्षमा पनि २१ वर्षीय युवाले जितेका छन् । जनता समाजवादी पार्टी (जसपा) बाट उम्मेदवार बनेका २१ वर्षीय वशिष्टकुमार गुप्ता गाउँपालिका अध्यक्षमा निर्वाचिन भएका हुन् । निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका अजय कुमारलाई एक सय १७ मतले पराजित गर्दै गुप्ता विजयी भएका हुन् । गुप्ताले तीन हजार सात सय ४३ मत पाउँदा उनका निकटम प्रतिद्वन्द्वी अजयले तीन हजार ६ सय २६ मत पाए । 

युवा वडाअध्यक्षहरू 

प्युठानको सरुमारानी गाउँपालिका-६ को वडाअध्यक्ष २८ वर्षीय युवाले जितेका छन् । नेकपा एमालेबाट २८ वर्षीय युवा तिलबहादुर बुढा वडाअध्यक्षमा विजयी भएका हुन्छ । बुढाले ६ सय ९५ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी पाँच दलीय गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका बोमबहादुर पुनले चार सय ४३ मत प्राप्त गरेका थिए ।

खोटाङका २८ वर्षीय युवकले पनि वडाअध्यक्ष जितेका छन् । साकेला गाउँपालिका–५ मात्तिममा कांग्रेसका जीवन न्यौपाने (खत्री) वडाध्यक्षमा विजयी भएका हुन् । न्यौपानेले एक सय ९७ मत प्राप्त गरेकोमा उनका निकटतम प्रतिस्प्रर्धी माओवादी केन्द्रका सन्तोष राईले एक सय ७३ मत पाए । 

नेकपा एमालेबाट बैतडीको मेलौली नगरपालिका-८ को वडाअध्यक्षका उम्मेदवार २२ वर्षीय तपेन्द्रजंग विष्ट विजयी भएका छन् । काठमाडौं बसेर पत्रकारिता गर्दै आएका विष्टले तीन सय ३८ मत ल्याएका थिए । उनका प्रतिस्पर्धी कांग्रेसका शम्भु विष्टले दुई सय ५८ मत पाए । हालसम्म सार्वजनिक मत परिणामअनुसार तपेन्द्र देशकै कान्छो वडाअध्यक्ष हुन् । 

बझाङमा पनि २३ वर्षीय हरिश सिंह पनि वडाअध्यक्ष बनेका छन्। कांग्रेसबाट वडाअध्यक्षमा प्रतिस्पर्धा गरेकाे सिंह ६ सय ८४ मतसहित विजयी भएका हुन् । काभ्रेको भुम्लु गाउँपालिका-२ मा पनि २४ वर्षीय सुजन भण्डारीले वडाअध्यक्ष जितेका छन् । २२ वर्षकै उमेरमा वडाअध्यक्ष बनेका विष्टले आफू सासकत्वलाई परास्त गर्दै सेवकत्व स्थापित गर्न तल्लिन हुने प्रतिबद्धता जाहेर गरेका छन् । 

स्थानीय तह निर्वाचनमा झण्डै ४० हजार उम्मेदवार ४० वर्षभन्दा कममा छन् । एक लाख ४५ हजार उम्मेदवारमध्ये २७ प्रतिशतभन्दा बढी युवा छन् । स्थानीय तह निर्वाचनमा २१ वर्षभन्दा माथिको उमेरसमूहबाट उम्मेदवारी परेको छ । 

प्रतिकृया दिनुहोस्

Flash News

अढाई करोडका सिन्काले दाँत कोट्याउँछन् नेपाली ! पौडी खेल्ने क्रममा दुई भारतीय नागरिकको मृत्यु तत्कालीन नेकपाका बहुमत सदस्यको भेटवार्ता, के भयो कुराकानी ? सरसफाइका लागि कठोर नीति ल्याउँदै तुलसीपुर चट्याङ लागेर ३ बाख्रा र एक भैंसी मरे, एक महिला घाइते जन्ती हिँडेको ट्याक्टर दुर्घटना, १ जनाको मृत्यु फूलहरूलाई के हिउँद, के बर्खा (फोटोफिचर) बुटवल मण्डपको नाम फेर्ने उपमहानगरको निर्णयप्रति व्यवसायिक संघ-संस्थाहरुको असहमति, फिर्ता लिन माग तुलसीपुरका पानी मुहान क्षेत्रमा चुनढुगा उत्खननको तयारी, खानेपानी संस्थाको बिरोध एमालेभित्रको अन्तर्घात छानबिन गर्न कार्यदल तिलोत्तमालाई युवामैत्री स्थानीय शासन घोषणा गर्न प्रतिबद्धता छोरी भएर जन्मिनु विडम्बना हो ! अर्थ मन्त्रालयले लुकायो बजेट भाषणको अघिल्लो दिनको सीसीटीभी फुटेज हस्ताक्षर किर्ते गरी छ्यालिस लाख रुपियाँ अपचलन गर्ने कर्मचारी पक्राउ पन्ध्र प्रतिशत दलित बालबालिका विद्यालयको पहुँच बाहिर पत्रकार पन्थीको ‘अन्ट्रान्सलेटेबल’ विश्वका १२ देशमा अमेजनमार्फत हार्डकभर र पेपरब्याकमा विपद्बाट हुने क्षति न्यूनिकरण गर देशको आर्थिक अवस्था गम्भीर संकटमा : प्रचण्ड सेयर बजारमा हरियाली बुटवलमा साइन्स-म्याथ ओलम्पियाड, कान्ति माविका शिशिर प्रथम