ताजा अपडेट »

देवदहमा गठबन्धनलाई पछि पार्दै एमाले : मेयर, उपमेयर दुबैमा अग्रता

बुधबार, ०४ जेठ २०७९, ०९ : ३३
10 Shares

बुटवल । रुपन्देहीको देवदह नगरपालिकामा नेपाली कांग्रेस माओवादी गठबन्धनका बिरुद्ध नेकपा एमालेले जित निकाल्ने अवस्थामा पुगेको छ।

पछिल्लो मत परिणाम अनुसार एमालेका नगर प्रमुख उम्मेदवार ध्रुव प्रसाद खरेलले १ हजार २ सय मतान्तरले अग्रता लिई रहेका छन्।

बिहान ७ बजे सम्म गणना भएको ३३ हजार मत मध्ये नेकपा एमालेका उम्मेदवार ध्रुव खरेलले ११ हजार ३ सय ८८ मत पाएर अग्रता लिई रहेका छन भने गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका हिरा बहादुर खत्रीले १० हजार १ सय ८८ मत पाएका छन्। खत्री यसअघि देवदह नगरपालिकाका प्रमुख हुन।

त्यसैगरी नगर उप-प्रमुख पदमा नेकपा एमालेकी बिद्यालक्ष्मी गुरुङ गठबन्धनबाट उम्मेदवार बनेकी सुन्दरी गिरी भन्दा ५ हजार ६ सय ३३ मतले अगाडी छन्। बिद्यालक्ष्मी गुरुङले १२ हजार १ सय ८ मत पाउदा गिरीले ६ हजार ४ सय ७५ मत पाएकी छन्। गुरुङ यसअघि समेत उपप्रमुखमा निर्वाचित भएकी थिईन्।

४८ हजार २ सय ९१ मत खसेको देवदह नगरपालिकाको ३३ हजार  मत गणना भई सकेको छ। बांकी रहेका वडामा नेकपा एमालेको बलियो गढको रुपमा रहेकोले आफूले जित निकाल्ने दावी एमालेको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।