ताजा अपडेट »

बुटवलमा पाण्डेको साढे ४ हजार मतले अग्रता, उप-प्रमुखमा सावित्रा अघि

बुधबार, ०४ जेठ २०७९, ०८ : २६
6 Shares

बुटवल । स्थानीय तह निर्वाचनको जारी मत गणनामा बुटवलको मेयर पदका उम्मेद्वार।खेलराज पाण्डेले मतान्तर फराकिलो बनाउँदै लगेका छन् । गठबन्धन दलको तर्फबाट रुख चिन्हमा उनले १३ हजार ४१८ मत प्राप्त गर्दै अग्रता कायम राखेका छन्।

नेकपा एमालेका प्रत्यासी बाबुराम भट्टराईले सूर्य चिन्हमा ८ हजार ९७२ मत प्राप्त गरेका छन् । पछिल्लो प्राप्त तथ्यङ्कमा भट्टराई पाण्डेभन्दा ४ हजार ४४६ मतले पछि रहेका छन् । यसैगी राप्रपाका मृगेन्द्र शेरचनले हलो चिन्हमा २३७४ मत प्राप्त गरेका छन् ।

उप मेयर उम्मेदवारमा भने नेकपा एमालेकी सबित्रा अर्यालले सूर्य चिन्हमा अग्रता कायम राखेकी छन् । उनले गठबन्धनका चिनबहादुर गुरुङलाई २ हजार ७०१ मतले पछि पारेकी छन् । अर्यालले ९ हजार ९७८ मत प्राप्त गर्दा गुरुङले गठबन्धन दलबाट कलम चिन्हमा ७ हजार २७७ मत प्राप्त गरेका छन् । यसैगरि राप्रपाकी भगवती पाण्डे सैजुले हलो चिन्हमा ३ हजार ३०७ मत प्राप्त गरेकी छन् । बुटवलमा हालसम्म २७३४४ मत गणना भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।