ताजा अपडेट »

शुद्धोधनमा गठबन्धन दल कांग्रेसबाट बस्याल विजयी, उप प्रमुखमा एमालेकी ज्ञवाली

बुधबार, ०४ जेठ २०७९, ०७ : ३९
2 Shares

भैरहवा । रुपन्देहीको शुद्धोधन गाउँपालिकामा नेपाली कांग्रेसका बिष्णु प्रसाद बस्याल विजयी भएका छन । बस्याल ७ हजार ९ सय ८३ मत ल्याइ विजयी भएका हुन ।

उनका निकटतम प्रतिद्धन्द्धी निर्वतमान गाउँपालिका अध्यक्ष समेत रहेका नेकपा एमालेका किशुन चन्द्र चौधरीले ६ हजार २ सय ७० मत प्राप्त गरे । यस्तै उपाध्यक्षमा नेकपा एमालेकी शान्ता देवी ज्ञवाली ६ हजार ६ सय ८२ मत ल्याई विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनको निकटतम प्रतिद्धन्द्धी गठबन्धन तर्फ नेकपा माओवादीकी सारदा भुषालले ३ हजार २ सय ५५ मत प्राप्त गरेकी छन ।

शुद्धोधनको वडा नम्बर १ मा जसपाका उदयराज गडेरिया ९ सय ९२ मत ल्याई विजयी भएका छन । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका जंग बहादुर यादवले ९ सय ९१ मत प्राप्त गरेका छन । वडा नम्बर २ मा कांग्रेसमा कमल खडका क्षेत्री १ हजार ३ र सय १८ मत ल्याई विजयी भए भने एमालेका किरण नेपालले १ हजार ३ सय ६ मत सहित दोश्रो भए ।

वडा नम्बर ३ मा एमालेका हेम बहादुर खडका १ हजार ६ सय ७१ मत ल्याइ विजयी भए । उनले कांग्रेसका राम प्रसाद पाण्डेलाइ पराजित गरे । पाण्डेले १ हजार ४ सय ५२ मत प्राप्त गरेका थिए । वडा नम्बर ४ मा कांग्रेसका केशव प्रसाद अधिकारी १ हजार ४ सय १३ मत सहित विजयी भए भने एमालेका राजेन्द्र कंडेल १ हजार २ सय ८९ मत ल्याई पराजित भए ।

वडा नम्बर ५ मा कांग्रेसका चन्द्रमान चौधरी १ हजार ६ सय ४३ मत ल्याई विजयी भए । उनका प्रतिद्धन्द्धी एमालेका पुन्नेराम गौतमले १ हजार ५७ मत प्राप्त गरे । वडा नम्बर ६ मा पनि कांग्रेसकै उपेन्द्र सहानी १ हजार २ सय ३५ मत सहित विजयी भए भने उनका निकटतम प्रतिद्धन्द्धी जसपाका जयशंकर पाठकले ९ सय ३ मत प्राप्त गरे । वडा नम्बर ७ मा कांग्रेसकै भिम बहादुर यादवले ८ सय २१ मत प्राप्त गरे विजयी हासिल गरे । उनका निकटतम प्रतिद्धन्द्धी जसपाका रामजित लोधले ७ सय ८८ मत प्राप्त गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।