ताजा अपडेट »

काठमाण्डौंमा बालेनको अग्रता कायमै, स्थापितभन्दा करिब दोब्बरले अघि

बुधबार, ०४ जेठ २०७९, ०७ : १०
6 Shares

काठमाण्डौ । काठमाडौँ महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएका बालेन्द्र शाहले फराकिलो अग्रतालाई कायमै राखेका छन् ।   

मुख्य निर्वाचन अधिकृत कार्यालय काठमाडौँका अनुसार अहिलेसम्म शाहले १५ हजार ४०२ मत पाएका छन् । उनलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी नेकपा (एमाले)को तर्फबाट प्रमुखमै उम्मेदवारी दिएका केशव स्थापित ७ हजार बढी मतले पछि छन् । उनले ८ हजार २२८ मत पाएका छन् ।  

त्यस्तै, नेपाली कांग्रेसका तर्फबाट प्रमुखमै उम्मेदवार सिर्जना सिंहले ७ हजार ११४  मत प्राप्त गरेकी छन् । हाल प्रदर्शनीमार्गस्थित राष्ट्रियसभागृहमा आठ स्थानबाट कामपाको मतगणना कार्य भइरहेको छ । अहिले वडा नं ३, ४, ५, ६, ७, २९, ३०, ३१ र ३२ को मतगणना कार्य जारी छ । वडा नं १ र २ को मतपरिणाम यसअघि नै सार्वजनिक भइसकेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।