ताजा अपडेट »

बुटवलमा खेलराज बाबुराम भन्दा ४ हजार १०७ मतले अगाडि

मंगलबार, ०३ जेठ २०७९, १७ : ०२
2 Shares

बुटवल । स्थानीय तह निर्वाचनको जारी मत गणनामा बुटवलको मेयर पदका उम्मेद्वार खेलराज पाण्डेले मतान्तर फराकिलो बनाउँदै लगेका छन् । उनले ११ हजार ९८६ मत प्राप्त गर्दै अग्रता कायम राखेका छन् ।

नेकपा एमालेका प्रत्यासी बाबुराम भट्टराईले ७ हजार ८७९ मत प्राप्त गरेका छन् । पछिल्लो प्राप्त तथ्यङ्कमा भट्टराई पाण्डेभन्दा ४ हजार १०७ मतले पछि रहेका छन् । यस्तै राप्रपाका मृगेन्द्र शेरचनले २ हजार २८५ मत प्राप्त गरेका छन् ।

उप मेयर उम्मेदवारमा भने नेकपा एमालेकी सबित्रा अर्यालले अग्रता कायम राखेकी छन् । अर्यालले ८ हजार ८१४ मत प्राप्त गर्दा गठबन्धनका उम्मेद्वार चिनबहादुर गुरुङले ६ हजार३७६ मत प्राप्त गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।