ताजा अपडेट »

बुटवलमा गठबन्धन दलबाट पाण्डेको अग्रता, मतान्तर बढ्दो

मंगलबार, ०३ जेठ २०७९, ०८ : ४२
10 Shares

बुटवल । स्थानीय तह निर्वाचनको जारी मत गणनामा बुटवलको मेयर पदका उम्मेद्वार।खेलराज पाण्डेले मतान्तर फराकिलो बनाउँदै लगेका छन् । गठबन्धन दलको तर्फबाट रुख चिन्हमा उनले १० हजार ६११ मत प्राप्त गर्दै अग्राा कायम राखेका छन् ।

नेकपा एमालेका प्रत्यासी बाबुराम भट्टराईले सूर्य चिन्हमा ७ हजार ८२ मत प्राप्त गरेका छन् । पछिल्लो प्राप्त तथ्यङ्कमा भट्टराई पाण्डेभन्दा ३ हजार ३२९ मतले पछि रहेका छन् । यसैगी राप्रपाका मृगेन्द्र शेरचनले हलो चिन्हमा २०६४ मत प्राप्त गरेका छन् ।

उप मेयर उम्मेदवारमा भने नेकपा एमालेकी सबित्रा अर्यालले सूर्य चिन्हमा अग्रता कायम राखेकी छन् । यनले गठबन्धाका चिनबहादुर गुरुङलाई २२२१ मतले पछि पारेकी छन् । अर्यालले ७ हजार ७७३ मत प्राप्त गर्दा गुरुङले गठबन्धन दलबाट कलम चिन्हमा ५६८२ मत प्राप्त गरेका छन् । यसैगरि राप्रपाकी भगवती पाण्डे सैजुले हलो चिन्हमा २३६३ मत प्राप्त गरेकी छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।