ताजा अपडेट »

सैनामैनाको प्रमुखमा गठबन्धन, उप-प्रमुखमा एमालेको अग्रता

मंगलबार, ०३ जेठ २०७९, ०८ : ०६
12 Shares

बुटवल । रुपन्देहीको सैनामैना नगरप्रमुखका उम्मेद्वार फणिन्द्र शर्माले अग्रता कायम राखेका छन् । नेपाली काँग्रेसका शर्मा ५२० मतले अगाडि रहेका छन् ।

पछिल्लो प्राप्त मत परिणाम अनुसार शर्माे।रुख चिन्हमा ६६४७ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्दी नेकपा एमालेका चित्रबहादुर कार्कीले सूर्य चिन्हमा ६१२७ मत प्राप्त गरेका छन् । नगर उप प्रमुखमा भने एमालेकी बिना राना मगरले अग्रता लिएकी छन् । रानाले ६४२२ मत प्राप्त गर्दै अग्रता कायम राखेकी हुन् । गठबन्धन दलका नारायण महतले नेकपा माओवादी केन्द्रको हँसिया हथौडा चिन्हमा ६११५ मत प्राप्त गरेका छन् । उप प्रमुख राना महत भन्दा ३०७ मतले अघि रहेकी छन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।