ताजा अपडेट »

धर्मेन्द्र पक्राउ परेपछि नेकपा बहुमत पार्टीले भन्यो- सशस्त्र बहिष्कारको नीति छैन

विहीबार, २९ बैशाख २०७९, १० : २५
2 Shares

काठमाडौं । नेकपा बहुमत पार्टीले स्थानीय तहको निर्वाचनमा विस्फोटनजन्य तथा सशस्त्र बहिस्कारको नीति नरहेको बताएको छ । 

संयोजक धर्मेन्द्र बास्तोलालाई दाङ प्रहरीले पक्राउ गरेपछि पार्टीका केन्द्रीय कार्यालय सदस्य हेमन्तप्रकाश वली 'सुदर्शन'ले विज्ञप्ति जारी गर्दै प्रष्टिकरण दिएका हुन् । स्थानीय चुनावमा भाग नलिने नीति रहे पनि विस्फोटनजन्य तथा सशस्त्र बहिस्कारको नीति नरहेको वलीले दाबी गरेका छन् ।

बुधबार साँझ मात्र बुटवलमा बम विस्फोट भएको थियो । पोखराबाट नेपालगन्ज जाँदै गरेका बास्तोला पक्राउ परेका थिए ।तर, बहुमत पार्टीले बम विस्फोटनमा आफ्नो पार्टीको कुनै संलग्नता नरहेको र घटनाको जिम्मा नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले लिइसकेको पनि बताएको छ । 

साथै संयोजक बास्तोलाको शीघ्र रिहाइकाको माग गर्दै नेकपा बहुमतले नगरिएका्े खण्डमा देशव्यापी रूपमा सङ्घर्ष गर्ने चेतावनीसमेत दिएको छ । स्थानीय तहको चुनावको पूर्वसन्ध्यामा बास्तोला पक्राउ परेका हुन् ।  

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।