१२ जेष्ठ २०७९, बिहीबार

May 26, 2022

तिलोत्तमा । नेकपा एमालेले तिलोत्तमा नगरपालिका वडा नं. १७ गंगोलियामा चिस्यान केन्द्र (कोल्डस्टोर) निर्माणलाई उच्च प्राथमिकता दिएको छ । कृषि उपजलाई लामो समयसम्म हैसियत बिग्रन नदिइ भण्डारण गर्न कोल्डस्टोर प्रयोग गरिन्छ । भण्डारणको उचित व्यवस्था नहुँदा तिलोत्तमाका किसानहरु निर्वाहमुखी कृषि गर्न बाध्य भैरहँदा एमालेले कोल्डस्टोर निर्माणलाई उच्च प्राथमिकतामा राखेको हो ।

Advertisement

पार्टीको नगर प्रमुख पदकउम्मेदवार मोहन चापागाईंले किसानलाई कृषि कार्यमा प्रोत्साहन गर्न पनि कोल्डस्टोर निर्माण अनिवार्य रहेकोले प्रतिबद्धताअनुसार कोल्डस्टोर निर्माण गरिने बताए । उपप्रमुख पदकी उम्मेदवार जागेश्वरी चौधरीले किसानका समस्याको बारेमा आफू जानकार रहेको बताउँदैकिसानको पक्षमा तिलोत्तमा नगरपालिकाले गरेका सबै कार्यक्रमलाई निरन्तरता दिँदै थप काम गरिने बताए।

कोल्डस्टोर निर्माण भएपछि किसानले आफूले उत्पादन गरेकाआलु, प्याज, तरकारीलगायतका कृषि उपज लामो समयसम्म भण्डारण गरी उपयोग र बिक्रीवितरण गर्न सक्नेछन् । तिलोत्तमा नगरपालिकाले वडा नं. १७ मा कोल्डस्टोर निर्माणको प्रक्रिया अघि बढाइसकेको सन्दर्भमा त्यसलाई निरन्तरता दिएर सफल बनाइने उम्मेदवार चौधरीको प्रतिबद्धता छ । एमाले नेतृत्वको स्थानीय सरकारले तिलोत्तमामा किसानलाई प्रोत्साहन गर्न विभिन्न काम गरिसकेको बताउँदै उनले त्यसलाई आगामी दिनमा अझै राम्रो बनाउने योजना रहेको स्पष्ट पारे।

तिलोत्तमाले किसानलाई उत्पादनको आधारमा दुधमा अनुदान, बिउबिजनमा अनुदान, कृषि उपकरणमा अनुदानलगायतका कृषि क्षेत्रको उत्थानको लागि विभिन्न काम गरेको छ । एमालेले हाल रहेका पकेट क्षेत्रलाई विशेष प्रोत्साहन गर्दै अन्य कृषि पकेटहरूको पहिचान गर्ने, सामूहिक खेती प्रणालीलाई नमुनाको रूपमा विकास गर्नअनुदानको व्यवस्था गर्ने, आधारभूत भेटेनरी सेवा र भ्याक्सिनको निःशुल्क व्यवस्थापन गर्ने विषयलाई आफ्नो प्रतिबद्धता पत्रमा उल्लेख गरेको छ ।

समुदायलाई कृषि उत्पादनमा आकर्षित गर्ने नीति तर्जुमा गरी विभिन्न कृषि फर्महरू सञ्चालन गर्न प्रोत्साहन गर्ने, कृषि सहकारीको स्थापनाका लागि प्रोत्साहन गरी उत्पादित वस्तु खरिद र सर्वसुलभ रूपमा बिक्रीको व्यवस्था गरिने पनि एमालेले जनाएको छ ।

खाद्यपदार्थ, तरकारी तथा फलफूलको बिक्री वितरणमा स्वस्थकर मापदण्ड लागु गरी अखाद्य, विषाक्त खाद्यवस्तु बिक्री गर्नेलाई तत्कालै कानुनी कारवाही गरी क्षतिपूर्तिको व्यवस्था लागु गरिने पनि एमालेको प्रतिबद्धता छ । छाडा चौपाया र अन्य जंगली जनावरबाट समेत हुने बालीनालीको नोक्सानी नियन्त्रण गर्न वनहरूसँग समन्वय गरी जंगल किनारमा तारबार लगाउन सहयोग पुर्याइने पनि एमालेले जनाएको छ ।तिनाउ र रोहिणीको नदी उकास जग्गामा उत्पादनमूलक कार्य गर्न प्रोत्साहन गरिने पनि एमालेले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सर्वोच्चले लगायो रोक ६८ हजार बढी विद्यार्थीले लुम्बिनीबाट एसएलसी दिदैँ तिलोत्तमामा खाँण ८४५ मतले अगाडि, अब ३ हजार मत गन्न बाँकी ओलीले नीति तथा कार्यक्रममा लिम्पियाधुरा, लिपुलेक खोजेपछि प्रकाशमानले दिए जवाफ निर्वाचन शान्तिपूर्ण र धाँधलीरहित सम्पन्न भाे: झलनाथ शुक्रबारबाट क्यूएफएक्ससहित देशभरका हलमा ‘कबड्डी-४’ सत्तारुढ गठबन्धनले नेपालको स्वतन्त्र र असंलग्नता परराष्ट्र नीति परित्याग गरेको हो : रावल दश महिनामा एक अर्ब २१ करोडको फेसमास्क नेपाल भित्रियो इपीजी प्रतिवेदन बुझ्न प्रधानमन्त्री देउवालाई ओलीको आग्रह विद्यालय जाँदै गरेकी बालिकामाथि बलात्कार प्रयास वाइडबडी र सुनकाण्ड छानबिन गर्न सरकारलाई ओलीको चुनौती आगोले जलेकी विरामीलाई छाडेर फर्कियो बुद्ध एयर, चर्को आलोचनापछि प्रस्टीकरण हवाइजहाजको टिकट पाउन पनि शक्ति केन्द्रको भर ३५ हजार ३४ जनप्रतिनिधि निर्वाचित, कुन दलले कति जिते ? परराष्ट्र नीतिलाई असन्तुलित र सत्ता स्वार्थमा संकुचित गरिएकाे ओली आराेप एमाले सत्यसँग लड्दैन, शक्तिसँग झुक्दैन : ओली विश्वव्यापी मन्दी आउन सक्ने विश्व बैंकको चेतावनी सरकारको नीति तथा कार्यक्रम चास्नीमा नडुबाएको जेरी जस्तो : ओली त्रिवि शिक्षण अस्पतालमा एमबीबीएसमा भर्ना गरिदिन्छु भन्दै १७ लाख ठगी विदेश पठाई दिन्छु भनि २५ लाख ठगी गर्ने एक जना पक्राउ