२३ श्रावण २०७९, सोमबार

Aug 8, 2022

सिरहा । स्थानीय तह निर्वाचनको प्रचारप्रसारको क्रममा सिरहामा दलहरूले  व्यापक आचार संहिता उल्लंघन गर्दै आएका छन् । राजनीतिक दलहरूले चुनाव प्रचारप्रसार अभियानमा घरदैलो गर्दा शक्ति प्रदर्शन समेत गर्ने गरेका छन् । गोलबजार नगरपालिकामा नेकपा माओवादी केन्द्रले गरेको घरदैलो कार्यक्रममा व्यापक रुपमा बालबालिका प्रयोग भएका छन् । यसरी आचार संहिता उल्लंघन हुँदा पनि प्रहरी प्रशासन मुकर्दशक बन्ने गरेको छ ।

Advertisement

जिल्लाको गोलबजार, मिर्चैैया, घनगढीमाई, कर्जन्हा, कल्याणपुर, लाहन, सिरहा लगायतका स्थानमा आचार संहिता उल्लंघन धेरै भए पनि स्थानीय प्रशासन मुखदर्शक बनेको छ । जिल्ला प्रशासन कार्यालय सिरहाले डिजे प्रयोगमा रोक लगाए पनि रोकिएको छैन् । भारतीय सवारीसाधनमा निषेध गरिए पनि चुनाव प्रचारप्रसारको क्रममा भारतीय नम्बर प्लेटको गाडी प्रयोग गरिरहेको देखिन्छ । 

यता, उक्त विषयमा गोलबजारका निवार्चन अधिकृत शिवप्रसाद अचार्यका अनुसार अहिलेसम्म कुनै पनि राजनीति दलले लिखित उजुरी नहालेको र कसैले उजुर  बाजुर गरेमा छानबिन गरी कार्यवाही गर्ने जनाइको छ । उनले मौखिक रुपमा व्यापक आचार संहिताको उल्लंघन गरियोे भनेर फोनबाट मात्रै जानकारी आएकाले चासो नदिएको बताए । 

भोट माग्नेसँगै प्रचार सामग्री सार्वजनिक स्थलमा टाँस्ने प्रतिस्पर्धाले गर्दा केही दिनयता गाउँ, शहर रंगिएका छन् । निर्वाचन आयोगले चुनाव चिह्न अंकित टिसर्ट, टोपी लगाउन समते प्रतिबन्ध लगाएपनि राजनीतिक दलहरूले फ्लेक्स बोर्ड, स्टीकर, पर्चा, पम्प्लेट छ्याप्छ्याप्ती गराएका छन् । सार्वजनिक स्थलमा प्रचार सामग्री टाँस्ने होडबाजीनै चलेको छ । मुख्य सडकका साथै भित्री सडक र गाउँतिर पनि आचार संहतिा विपरित प्रचारप्रसार भइरहेको छ ।

कतिपय उम्मेदवारले पहिलो चरणको घरदैलो सिध्याएका छन् । घरदैलो सिध्याएका उम्मेदवारहरू व्यक्तिगत भेटघाटमा निस्किएका छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

गरिब किन गरिब भए ! पुरानो सुनलाई टल्काउछौँ भन्दै ठगी गर्ने दुई भारतीय नागरिक पक्राउ सिट बाँडफाँटबारे छलफल गर्न सत्ता गठबन्धनको कार्यदलको बैठक बस्दै कर्णालीका चार ठाउँमा नयाँ सहर, पूर्वाधारको काम छैन सन्तोषजनक नेपालीहरूलाई पनि भारतीय सेनाको अग्निपथ भर्ना गर्ने योजना कोभिडका कारण चीनको हवाइमा ८० हजार पर्यटक फसे कमजोर बन्दै मनसुनी प्रभाव मोटरसाइकलबाट खसेर महिलाको मृत्यु करेन्ट लागेर २५ वर्षीया प्रशानाको मृत्यु पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पुसदेखि सञ्चालनमा आउने महजोडीको फिल्म ‘महापुरुष’को प्रदर्शन कात्तिकमा आगो लगाएर ज्वाइँद्वारा सासु र श्रीमतीको हत्या प्रयास बुटवलमा लेडी जेसीज सप्ताह २०२२ सुरु अन्तरछिमेक पार्टीगत सम्बन्ध जन्मदिनको अवसरमा पाण्डेले सुरु गरिन् विद्यालयमा खाजा कार्यक्रम, रोटरी क्लबले निरन्तरता दिने बुटवलमा बालबालिका लक्षित कोभिड विरुद्धको दोस्रो मात्रा खोप जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल : प्रतिपक्षी आक्रमक, सत्ता पक्ष रक्षात्मक डेँगुबाट कसरी बच्ने ? यस्तो छ डा. नन्दु पाठकको सुझाव एक वर्षमा नेपालीले खान्छन् दुई अर्बभन्दा बढीको काजु र बदामा गाउँपालिकाका निमित्त कार्यकारी अधिकृतसहित चार जना विरुद्ध भ्रष्टाचार मुद्दा