ताजा अपडेट »

अर्घाखाँचीका कृषक श्रेष्ठलाई ५० हजारसहित उत्कृष्ट कृषक सम्मान

बुधबार, ०७ बैशाख २०७९, २२ : ४२
10 Shares

गुल्मी । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाले उत्कृष्ट कृषक सम्मान पुरस्कार गरेको छ । बुधवार गाउँपालिकाले वडानम्बर–५ निवासी कृषक तेजेन्द्रकुमार श्रेष्ठलाई उत्कृष्ट कृषकको रुपमा सम्मान गरेको हो । सम्मानित कृषक श्रेष्ठलाई नगद रु ५० हजारले सम्मान गरेको गाउँपालिकाले जनाएको छ ।

श्रेष्ठले कृषि पशुपंन्छी व्यवसायबाट उत्कृष्ट एवं प्रशंसनीय कार्य गर्दै पुराउनु भएको योगदानको उच्च मुल्याङकन गर्दै सम्मान गरेको थियो । सम्मानित कृषक श्रेष्ठले पछिल्लो केहि वर्ष यता कृषि पशुपंन्छी व्यवसाय गर्दै आएका छन् । उनि गुल्मी जिल्ला सदरमुकाम तम्घासमा रहेर आइएम ई रेमिट लगायत अन्य व्यवसाय गर्दै आएका थिए ।

तर पछिल्लो केहि वर्ष यता भने त्यो व्यवसाय छोडेर कृषि पेसा अगांलेका छन् । गाउँमा अगुवा कृषकको रुपमा काम गरि अन्यलाई पनि कृषिमा प्रेरित गर्ने उदेश्यले कृषि पेसा अगांलेको कृषक श्रेष्ठले बताए । गाउँपालिकाले श्रेष्ठसँगै आर्थिक वर्ष ०७८/०७९ को कार्यक्रम अनुसार उत्कृष्ट कृषक सम्मान गरेको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।