ताजा अपडेट »

असिना पानीले लाखौंकाे क्षति

बुधबार, ०७ बैशाख २०७९, १७ : ४०
20 Shares

रुरु । बुधबार अपरान्ह परेकाे असिना पानीले गुल्मी जिल्लाकाे सत्यवति गाउँ पालिका वडा न ३ काे लुम्पेकमा व्यापक क्षति पुर्याएकाे छ । हावाहुरी सँग आएकाे भिषण असिना पानिले स्थानिय इन्द्र विश्वकर्माकाे पुर्णिामा अर्गानिक कृषि तथा पशुपँक्षि फार्ममा सबै भन्दा वढि क्षति भएकाे छ ।

फार्म सन्चालक विश्वकर्माका अनुसार फार्ममा लगाईएका तरकारी हरु सिमी काउली टमाटर बाेडि घिरम्ला र फलफुलमा सुन्तला गरि करिब छ लाख बराबरको क्षति भएकाे बताईएकाे छ । फार्ममा लगाएका सबै तरकारी असिनाले थिचेर क्षति पुर्याएकाे छ भने फर्ममा करिब एक सय कुखुरा मरेकाे विश्वकर्माले बताए ।

असिनापानीले किसान हरुकाे गहुँवालिलाई समेत ठुलाे क्षति पुर्याएकाे छ । असिनाले रुखका पात मात्र हाेईन बाेक्रा समेत नरहेकाे अवस्था रहेकाे छ भने अन्यक्षति सँकलन काे काम भईरहेकाे छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।