ताजा अपडेट »

डेरी उद्योग संघको अध्यक्षमा पुनः दाहाल, दुग्धजन्य बस्तुको विविधिकरणमा जोड

शुक्रबार, २५ चैत्र २०७८, १९ : २२
6 Shares

बुटवल । नेपाल डेरी उद्योग संघको १३ औं राष्ट्रिय साधारण सभाबाट अध्यक्षमा पुनः राज कुमार दाहाल चयन भएका छन् । पुरानो कार्यसमितिलाई नै निरन्तरता दिने गरी साधारण सभाबाट पारित पदाधिकारीहरुमा निर्वतमान अध्यक्ष अरनिको राजभण्डारी, उपाध्यक्षमा निरन्जन श्रेष्ठ, महासचिवमा विश्वास बस्नेत, कोषाध्यक्षमा पुष्पराज बस्नेत चयन भएका हुन ।

यस्तै सदस्यहरुमा जेनन शैजु, राम चन्द्र उप्रेती, मिलन कुमार सिंह, राजबाबु श्रेष्ठ, सन्तोषलाल श्रेष्ठ र रवि  प्रसाद रिजाल चयन भएका हुन । बुटवलमा आयोजना गरिएको साधारण सभामा राष्ट्रिय दुग्ध विकास बार्डका कार्यकारी प्रमुख डा. राजेन्द्र प्रसाद यादवले व्यवसायीक एकता सँग-संगै दुध र दुग्धजन्य बस्तुको विविधिकरण र शुद्धतामा ध्यान दिनुपर्ने बताए । उनले अवको युग डेरीको युग, प्रविधिको युग भएको भन्दै डेरी क्षेत्रमा भएका विभिन्न समस्या समाधानको लागि आफूले पहल गर्ने बताए । कार्यक्रममा  पशु सेवा विभागका उप महानिर्देशक जिवलाल लम्सालले समस्या समाधानको उपाय छलफलबाट भएको भन्दै निरन्तर पहल गर्ने बताए ।

कार्यक्रममा कृषि खाद्य प्रविधि तथा भूमि व्यवस्थ मन्त्रालय लुम्बिनी प्रदेशका सचिव  बैकुण्ठ अधिकारी, नेपाल डेरी एशोसीयसन पूर्व केन्द्रीय अध्यक्ष मेघराज भण्डारी, देवदह नगरपालिकाका नगर प्रमुख हिरा बहादुर खत्री, तिलोत्तमा उद्योग बाणिज्य संघका अध्यक्ष गुणानीधि भण्डारी, रुपन्देही उद्योग संघका प्रथम उपाध्यक्ष कृष्ण प्रसाद पराजुली लगायतले आ-आफ्नो भनाई राखेका थिए ।  कार्यक्रममा उपाध्यक्ष निरज श्रेष्ठले दुधको अवस्था, उत्पादनको अवस्था लगायतको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।