ताजा अपडेट »

'नागरिकता विधेयकलाई देउवा सरकारले अड्कायो'

मंगलबार, २२ चैत्र २०७८, १७ : ५२
4 Shares

परासी । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले ओली सरकारको नेतृत्वले नागरिकता विधेयक संसदमा दर्ता गरे पनि देउवा सरकारले अड्काएर राखेको आरोप लगाएका छन्। नागरिकताको विधेयकलाई सरकारले संबोधन नगर्दा सम्पूर्ण मधेसी जनता नै समस्यामा पारेको अध्यक्ष महन्थ ठाकुरले बताए ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल पश्चिम नवलपरासीले पाल्ही नन्दन गाउँपालिकामा गरेकाे जनसभामा बाेल्दै ठाकुरले मधेसी जनतालाई झुठा मुद्दामा सरकारले फसाउने गरेको र अहिले पनि विभेदपूर्ण मुद्दामा फसाएर जेलमा राखेको आरोप लगाए । सरकारसँग अव उधारोमा सम्झौता हुन नसक्ने उल्लेख गरे । सरकारले मधेस आन्दोलन आयोगको प्रतिवेदन पनि हालसम्म सार्वजनिक नगरेको भन्दै त्यसबेला मधेस आन्दोलनमा बच्चालाई समेत सरकारले मुद्दा चलाएको स्मरण गरे। भारतसँग मधेशकाे नजिकको सम्बन्ध भएको तर सरकारले बेलाबेलामा मधेसी जनतालाई समस्या दिने गरेको गुनासो व्यक्त गरे । नागरिकताको कानुन संसदमा अड्किएर रहेको चार वर्षदेखि सरकारले रोकेर मधेसी जनतालाई समस्यामा पारेको बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।