ताजा अपडेट »

विदेशबाट फर्केर गाउँमै समृद्धि खोज्दै बलराम र कमलाको जोडी

मंगलबार, १५ चैत्र २०७८, १२ : ४०
4 Shares

रिडी । जीवनका करिब दस वर्ष वैदेशिक रोजगारीमा रहेका रुरुक्षेत्र गाउँ पालिका वडा न १ च्यूरेकका बलराम ज्ञवाली यतिबेला आफ्नै पुख्र्यौली थलोमा पाखुरा बजारेर समृद्धि खोजीरहेका छन् । बलरामलाई उनको कृषि कर्ममा जीवनसंगिनी कमला ज्ञवालीले उत्तिकै साथ दिइरहेकी छन्।
१० वर्षको वैदेशिक रोजगारीबाट फर्केका बलराम ज्ञवालीले छ वर्ष देखि बारीमा तरकारी खेती शुरु गरेका हुन् ।

‘सुरु–सुरुमा त्यति ज्ञान थिएन । गर्दैजाँदा सिकिँदो रैछ ,न हामीलाई कतैबाट प्राविधिक सुविधा छ न सिकाई तर,पनि स्वसिकाइले काम चलेको छ ।’ कृषक बलराम ज्ञवालीले भने ।

हरेक वर्ष मौसमी र बेमौसमी तरकारी उत्पादन गरेर लाखौं आम्दानी गरेका बलरामका बारीमा यतिबेला केराउ लटरम्म फलेको छ र यो सिजनमा मात्र डेढ क्विन्टल हरियो केराउ बिक्री गरेको उनले बताए ।

हरेक वर्ष वर्खे,काउली, ब्रो काउली लगाउँदै आएको र गत वर्ष करिब सत्तरी हजारको वर्खे काउली मात्रै बेचेको कमला ज्ञवालीले बताइन्।
सिँचाईको समस्याका माझपनि वर्षाको पानी संकलन घैँटो र प्लास्टिकका टंकीहरुमा पानी संकलन गरेर उनिहरुले बारीमा सिञ्चाइ गर्दै आएका छन्।

तरकारी खेती मात्र होइन, गतवर्ष लोकल जातको मकैको सट्टा हाइब्रिड मकै भित्र बोडी र काउली लगाएर नयाँ प्रविधिले खेती गरेका बलरामको बारीमा तरकारी र मकै उपद्रो फलेको र तरकारीबाट राम्रै आम्दानी मात्र होइन मुरीका–मुरी मकै बेच्न सफल भएका छन्। व्यवासायिक तरकारी र कृषिकर्ममा लागेका खेतीमा लागेका बलराम ज्ञवालीलाई राज्यले चासो नदेखाएकोमा गुनासो छ ।

किसान बलराम भन्छन् , किसानका घर–घरमा कृषि प्राविधिक हरुको पहुँच राज्यले गरिदिनु पर्छ। तर, यहाँ त कृषिमा राज्यले हेरेको छ भन्ने तर, कुनै निकाय र प्राविधिकहरु किसानको घरमा किसानका समस्यामा फर्केर नहेर्ने मात्रै हात मिलाउने र बात मिलाउने काम भएको छ ।’

गुनासो गर्दै उनी थप्छन् ,कृषि पेशामा सबैभन्दा दुःखको कुरा उत्पादन जंगली जनावरबाट जोगाउन सकिएको छैन ,न हामीसँग कुनै उपाए छ न कहि गुहार गर्ने ठाउँ छ ,बाँदर ढेडुवा दुम्सी चौवडाले हैरान पार्छन् । यसैले पनि गाउँमा दुःख गरेर उत्पादन लिन नपाए पछि बसाइँसराइको समस्या बढेको छ ।’

विभिन्न चूनौती र समस्या बावजूद बलरामको जाडीले कृषि कर्मलाई प्राथमकिताका साथ व्यवसायिक बनाएका छन् । लामो समयको वैदेशिक रोजगारले पनि उनलाई स्वदेशमै केहि गर्नु पर्छ भन्ने सोँचका साथ कृषि क्षेत्रका हरेक समस्यालाई झेल्दै बारीमा बजारेका पाखुराले राम्रै प्रतिफल दिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।