२१ जेष्ठ २०८०, आईतवार

Jun 4, 2023

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सीमा नाका तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा कोभिड-१९ तथा अन्य संक्रामक रोगहरूको परीक्षण गराउन निर्देशन दिएको छ । पूर्ण खोप प्राप्त नगरेको वा ७२ घन्टाभित्रको कोभिडको परीक्षणको रिपोर्ट नेगेटिभ नभएका यात्रुहरूको पीसीआर परीक्षण गराउन निर्देशन दिएको हो ।

Advertisement

स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले एक सूचना जारी गर्दै पीसीआर तथा जिन सिक्वइन्सको नेगेटिभ रिपोर्ट नभएका याुत्रहरूको पीसीआर गराउन निर्देशन दिएको हो ।  त्यस्तै पूर्णं खोप प्राप्त गरेको वा ७२ घन्टाभित्रको कोभिडको परीक्षणको नेगेटिभ रिपोर्ट भए पनि कोभिड संक्रमणको लक्षण भएका यात्रुहरूको समेत पीसीआर परीक्षण गराउन निर्देशन दिइएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताए । 

पाँच वर्षमाथिका बालबालिकाहरू जसले पूर्ण खोप प्राप्त गरेका छैनन् वा जसको ७२ घन्टाभित्रको कोभिडको परीक्षणको नेगेटिभ रिपोर्ट छैन वा कोभिडसँग मिल्दा जुल्दा लक्षण भएका बालबालिकाको पनि पीसीआर परीक्षण गराउनुपर्ने भएको हो । 

सीमा तथा हवाई नाकामा खटिएका अधिकार प्राप्त चिकित्सक तथा स्वास्थ्यकर्मीले रोग निगरानीको क्रममा आवश्यक ठानेको अवस्थामा, कोभिड तथा अन्य संक्रामक रोगहरूको स्क्रिनिङ्का लागि यात्रुको कोभिडको परीक्षणलगायतका अन्य संक्रामक रोगहरूको समेत परीक्षण गराउन सकिने सहप्रवक्ता अधिकारीले बताए । 

प्रतिकृया दिनुहोस्

Flash News

घरबहाल सम्बन्धी समस्या समाधान गर्न राज्यपक्ष गम्भिर हुनुपर्ने एक पक्षीय भएको भन्दै पत्रकार महासंघ रुपन्देहीको शुद्धिकरण प्रस्तावलाई प्रेस चौतारीले गर्यो अस्वीकार भारतले आफ्ना नागरिकलाई नेपाली नागरिकता दिलाउन खोजिरहेको छ : चित्रबहादुर केसी राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयनलाई सर्वोच्चले रोक्यो भिरबाट लडेर १९ वर्षीय किशोरको मुत्यु नवलपरासीमा भत्किएको पुलमा दुर्घटना भएको मृतकको परिचय खुल्यो जाउँ हिड रेसुङ्गा… १० प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन हेमन्तले जन्माएको वेलकम टु हेम्जाकोट छुवाछुत उन्मूलन दिवसको अवसरमा देविनगर राखियो सूचना वोड प्रतिनिधिसभा बैठक भोलि ११ बजेसम्मका लागि स्थगित गायिका समीक्षा अधिकारीको ‘ए सुवा’मा समारिका र जोन गौर हत्याकाण्डविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता, भोलि पेसी लागूऔषधसहित ६ जना पक्राउ मलेसियासँगको शृंखला उपाधि नेपाललाई जसपाको अगुवाइमा भएको संघर्षका कारण परिवर्तन सम्भव भयोः महेन्द्र यादव खाना नास्ता प्रकरण : गल्ती लुकाउन २४ लाखको झुटो विवरण, भुक्तानी दिएको १४ लाख गायब संसद बैठक १ घण्टाका लागि स्थगित नागरिकता विधेयक प्रमाणीकरणले संसद बैठक अवरुद्ध, सांसदहरुको नाराबाजी   काफल बेच्दै कलमकापीको जोह गर्दै बालबालिका