१७ जेष्ठ २०८०, बुधबार

May 31, 2023

भैरहवा । भुपेन्द्र थापा मगर नेपाल आइडल सिजन ४ का विजेता बनेका छन् । गायन रियालिटी शो नेपाल आइडलमा तीनपटक सहभागी भई सिजन ४ को उपाधि जितेका उनी भैरहवाका स्थायी बासिन्दा हुन । पढाइका साथसाथै संगीतलाई  एउटै रथको दुई पांग्रा जस्तै लगेका उनी तेस्राे प्रयासमा च्याम्पियन बनेका छन् । 

Advertisement

रुपन्देहीको सिद्धार्थनगर- ३ दरखसवामा बस्दै आएका थापा पूर्वभारतीय सैनिक सेरु थापा मगर र रत्ना थापा मगरका कान्छा छोरा हुन् । बुआ, आमा, दिदीसहित बस्दै आएका थापाले भैरहवाकै सनसाइन आवासीय विद्यालयबाट एसएलसीसम्मको अध्ययन गरे । हाल उनी भैरहवा बहुमुखी क्याम्पसमा स्नातक अध्ययनरत छन् । पढाइसँगै खेलमा पनि रुचि राख्ने उनले सांगीतिक यात्रालाई पनि जारी राखे । भैरहवामा सञ्चालित भैरहवा कलाकेन्द्रमा विगत ६ वर्षदेखि उनी साधकको रूपमा पनि छन्। कलाकेन्द्र हुँदा नै उनी यसअघिका दुईवटा नेपाल आइडलमा पनि प्रतिस्पर्धीको रूपमा थिए । दुवैपटक पराजित भएका उनले तेस्रोपटक अवार्ड नै चुमेका छन् । 

शानिबार राति ग्रान्ड फिनालेमा दर्शकको भोटको आधारमा चार प्रतिस्पर्धीलाई उछिन्दै उनले अवार्ड चुमेका हुन् । झापाका नामगेल तामाङ,  रामेछापका रञ्जित नेपाली  पनि टप ३ मा परेका थिए । यस्तै चौथो र पाँचौ स्थानमा झापाका विश्वास उप्रेती र मोरङकी लक्ष्मी पौडेल परेकी छन् ।

थापा आइडलमा तेस्रोपटक सहभागी हुन खोजेका थिएनन्, कला केन्द्रकै दिपक विश्वकर्माले अडिसनका लागि पुनः प्रेरित गरेका थिए । थापालाई सफल गराउन कलाकेन्द्रका गुरुहरू, साधक, स्थानीय र परिवारको पनि पूर्ण सहयोग छ । गुरु किशोर विश्वकर्माका साथै कलाकेन्द्रका साधक दिपक विश्वकर्मा, समाजसेवी ओमकुमार श्रेष्ठ, दिपेन्द्र प्रधान, दिपेन्द्रमान श्रेष्ठ, रुप माया पुनलगायत उनलाई विजयी गराउन भैरहवामा अभियान नै चलाएका थिए। 

अन्नपूर्ण मीडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापाले उनलाई ३० लाख रुपैयाँको चेक हस्तान्तरण गरे । र, साथै ट्रफी प्राप्त गरे । भुपेन्द्र नेपाल आइडल सिजन ४ का विजेता भएकोमा आफूहरू गौरवान्वित भएको समाजसेवी ओमकुमार श्रेष्ठले बताए । भैरहवावासीका लागि याे  ऐतिहासिक बनेको बताए ।आइडलकाे चौथो संस्करणमा संगीतकार शम्भुजीत बास्कोटा, गायक सुगम पोखरेल र गायिका सुबानी मोक्तान निर्णायक थिए । 

प्रतिकृया दिनुहोस्

Flash News

नागरिकता विधेयक प्रमाणीकरण हुनु अत्यन्तै सकारात्मक : लोसपा सुखी नेपाली, समृद्ध नेपालका लागि ‘एक घर एक स्काउट’, ‘एक विद्यालय एक युनिट’ प्रधानमन्त्री प्रचण्ड नयाँ दिल्लीमा, राज्यमन्त्री मिनाक्षीले गरिन् स्वागत शिवजी क्षत्रीको कोरियोग्राफी र निर्देशनमा आउरे बाउरे सार्वजनिक बालेनको चेतावनीपछि मन्त्रालयको ताकेता : १० प्रतिशत शैया र निःशुल्क उपचार उपलब्ध गराउ नागरिकता विधेयक प्रमाणीकरण स्वागतयोग्य, तर प्रक्रिया मिलेन : मनिष झा सेयर बजार बुधबार पनि सम्हालिएन कोशी प्रदेशको नाममा पुनर्विचार गर्न १४ जिल्लाका कांग्रेस सभापतिको आह्वान एमालेले डाक्यो सचिवालय बैठक नागरिकता विधेयक प्रमाणीकरण क्रान्तिकारी कदम : प्रधानमन्त्री रुपन्देहीमा देवदह दरबार अनुमान गरिएको खयरडाँडामा उत्खनन आफ्नै अभियानविपरीत धनगढी उपमहानगरले बनायो नाला मिचेर सडक प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान (फोटो फिचर) जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ फ्रान्स पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ प्रधानमन्त्री प्रचण्ड ४ दिने भारत भ्रमणका लागि प्रस्थान कोशी प्रदेश सरकारबाट बाहिरियो जसपा सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ नेपालको राष्ट्रिय अखण्डमाथिको प्रहार रोक्न प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण केन्द्रित रहोस् : प्रजातान्त्रिक युवा संगठन बाफ्टा विजेता फिलिपको फिल्ममा सामन्था