बुटवल । रुपन्देहीको भैरहवाका एक बालकको खोलामा डुबेर मृत्यु भएको छ । जिल्लाको सिद्धार्थनगर नगरपालिका–७ भैरहवाका विश्वनाथ ढाडीका १४ वर्षीय छोरा आदित्य ढाडीको शनिबार डुबेर मृत्यु भएको हो ।
उनको सिद्धार्थनगर नगरपालिका–१२ स्थित डण्डा खोलामा पौडी खेल्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्