२६ जेष्ठ २०८०, शुक्रबार

Jun 9, 2023


बेइजिङ ।  चीनमा कोभिडका कारण दुई जनाको मृत्यु भएको छ । एक वर्षपछि पहिलो पटक कोभिडका कारण मृत्यु भएको जनाइएको छ । कोभिडको नयाँ भेरियन्टका कारण चीनमा संक्रमितको संख्या दिनहुँ बढिरहेको छ । 

Advertisement

दुबै मृत्यु उत्तरपूर्वी प्रान्त जिलिनमा भएको देशको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । कोभिडबाट सो प्रान्त बढी प्रभावित छ । कोभिडपछि सो प्रान्तका विभिन्न सहरहरुमा  लकडाउन र अन्य कडा प्रतिबन्ध लगाइएका छन् । 

चीनमा कोभिडका कारण अहिलेसम्म ४ हजार ६३८ जनाको मृत्यु भएको । शनिबार चीनमा एकै दिन ४ हजार ५१ जना नयाँ संक्रमित देखिएका थिए । यो अघिल्लो दिनभन्दा तुलनात्मक रुपमा थोरै सख्ंया हो । शुक्रबार ४ हजार ३६५ जनामा संक्रमण देखिएको थियो । तीमध्ये आधाभन्दा बढी संक्रमित जिलिनमा देखिएका थिए । 

चीनमा अन्य देशको तुलनमा कोभिडका कारण मृत्यु हुनेको संख्या थोरै छ । बेइजिङको कम्युनिष्ट नेतृत्वले न्यून मृत्यु दरलाई उसको एक–दलीय शासन मोडेलको बलियो प्रमाणको रूपमा प्रचार गरेको छ । 

नयाँ मृत्यु त्यहाँको स्वास्थ्य आयोगको दैनिक रिपोर्टमा लुकाइएको थियो । राज्य नियन्त्रित सञ्चार माध्यमहरुले त्यसबारे केही वर्णन गरेका थिए । 

दबाबबीच शून्य कोभिड नीति
सन् २०१९ को अन्त्यतिर मध्य सहर वुहानमा कोरोनाभाइरस देखिएको थियो । तर, सीमामा कडाई, लामो समयसम्म क्वारेन्टाइन र निश्चित क्षेत्रमा लकडाउन गरेर चीनले कोभिड नियन्त्रण गरेको थियो । 

तर, तीव्र फैलिने ओमिक्रोन भेरियन्टले सरकारको शून्य कोभिड रणनीतिको प्रभावकारिता र दीर्धकालीन रणनीतिमा चुनौती थपेको छ ।  

लकडाउनले अर्थतन्त्रमा प्रभाव पार्ने भन्दै हालैका साताहरुमा केही सरकारी स्रोतहरुले चीन कुनै बिन्दुमा पुगेर अन्य देश झैँ कोभिडसँगै बाँच्नुपर्ने सुझाव दिएका छन् ।- एजेन्सी

प्रतिकृया दिनुहोस्

Flash News

एमाले नेतामाथिको आक्रमणमा सत्ताधारीको संलग्नता देखियो : योगेश भट्टराई गुल्मीका रामु बिक ५ दिनदेखि बेपत्ता जलहरी बहस संसदको रेकर्डवाट हटाएकोमा रामहरी खतिवडाको आपत्ति विद्यालय कर्मचारी माथि राज्यबाटै चरम श्रमशोषण नेपाल धितोपत्र बोर्डले मनकामना दरौंदी हाइड्रोपावरको सेयरमा आवेदन नदिन आग्रह पहिचानको नाममा अराजकता मच्चाउनेलाई कारबाही गरिनेछः गृहमन्त्री  सुनचाँदीको भाउमा उतारचढाव कुमारी बैंकको १ लाख ४६ हजार कित्ता संस्थापक सेयर लिलामी खुल्यो आइएमई लाइफको आइपीओ खुला हुने २९ जिल्ला न्यायाधीशका लागि दरखास्त आव्हान [सूचनासहित] अत्याधिक गर्मी बढेपछि तिलोत्तमामा निः शुल्क सर्वत पानी वितरण ४७ बर्षकी भइन टाइटनिककी रोज  नेपालका असरफसँग डिल गरे पछि सञ्जीव जीवाकाे लखनउ अदालतमा हत्या लुम्बिनी प्रदेश सरकारले आज नीति तथा सार्वजनिक गर्ने भाषण गर्न नपाउँदा सभामुख घर्तीको आक्रोस : लुम्बिनी केवलकारलाई ‘पूँजीवादी दलाल’का पनि ‘दलाल’को संज्ञा क्यानडाको डढेलोले अमेरिकाकाे न्युयाेर्कलगायतका सहर धुवाँले ढाकियो बजेटमाथिको छलफल जारी : प्रतिनिधिसभा बैठक विहान ११ बजेदेखि राप्रपा नेपालले आज बिरोध प्रदर्शन गर्दै पूर्व अमेरिकी गुप्तचर अधिकारीको दाबीः अमेरिकासँग एलियन छ निर्वाचन आयोग र राजनीतिक दल बीच आज छलफल हुँदै