२७ जेष्ठ २०८०, शनिबार

Jun 10, 2023

संखुवासभा ।  संखुवासभाको खाँदबारी नगरपालिका–८ मा अपहरण गर्न नक्कली प्रहरी बनेका श्रीमानसहित दुई पक्राउ परेका छन् । खाँदबारीमा पत्रकार सम्मेलन गरेर प्रहरीले शुक्रबार नक्कली प्रहरीलाई सार्वजनिक गरेको हो । 

Advertisement

प्रहरीको बर्दिसहित नक्कली प्रहरी बनेर ठगी गरेको आरोपमा पाँखपन नगरपालिका-४ का अर्जुन तामाङ र रमेशकुमार तामाङलाई नक्कली प्रहरीको पोसाकसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी लालध्वज सुवेदीले जानकारी दिए । 

प्रहरीका अनुसार फागुन २७ गते खाँदबारी नगरपालिका–८ की प्रमीला कम्मर सार्कीलाई प्रहरीको भेषमा आएका चार जनाले घरबाट करिब एक सय मिटर पर जंगलमा लगेर प्रमीलाको श्रीमान् रमेश कुमार तामाङलाई जिम्मा लगाएका थिए । प्रहरी प्रमुख सुवेदीका अनुसार पक्राउ परेका रमेशले श्रीमती प्रमीला सार्कीलाई अपहरण गर्न चार जना नक्कली प्रहरी परिचालन गरेको बताए । 

त्यसपछि रमेशले आफ्नी श्रीमतीको ज्यान मार्ने प्रयासले शारीरिक तथा मानसिक यातना दिएका थिए । प्रमीलाले भोलिपल्ट जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेकी थिइन् । उजुरीका आधारमा  प्रहरीले पाँचपन नगरपालिका–४ घर भई खाँदबारी नगरपालिका–९ बस्ने वर्ष ३० को अर्जुन तामाङ र पाँखपन नगरपालिका–४ का प्रमीलाको श्रीमान् वर्ष ३४ का रमेशलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

पक्राउ परेका रमेशले श्रीमती प्रमीला सार्कीलाई अपहरण गर्न चार जना नक्कली प्रहरी परिचालन गरेको बताएका छन् । योजना बमोजिम रमेश सहित ४ जना फागुन २५ गते काठमाडौं बागबजारबाट नक्कली प्रहरीका पोसाकप्रति जोर प्रतिदिन पाँच सयका दरले भाडामा ल्याएका थिए । पक्राउ परेका रमेश र प्रमीलाबीच विगत ६ महिनादेखि मनमुटाब थियो ।- न्युज कारखाना

प्रतिकृया दिनुहोस्

Flash News

१२ बर्ष पछाडी नाम्चे बजारमा सबैभन्दा बढी उच्च तापमान स्वस्तिमाले सांसद शाहलाई भनिन – मेरो तस्विरका कुरा संसदमा उठाउनु परयो ! पाल्पा लैजाँदै गरेको एक ट्रक अवैध मल बरामद ४० दिनदेखि अमेजनको घना जंगलमा हराईरहेका बालबालिका फेला परे गोप्य कागजात प्रकरणः ट्रम्प माथीको अभियोग पुष्टी भए २० बर्ष जेल सजाँय हुने कारबाही अघि नै बेलायती पुर्व प्रधानमन्त्रीले दिए सांसद पदवाट राजिनामा शोषणमा परेको प्रजातन्त्र विकासका कुरालाई राजनीतिक आँखाबाट हेर्नु हुँदैन: विनोद चौधरी नेपालले आज नेदरल्याण्डसँग अभ्यास खेल खेल्दै तराईमा तापक्रम नघटने, कोशी, गण्डकी तथा कर्णाली प्रदेश पानी पर्ने १३ वर्षदेखि रोकिएको संस्कृत विश्वविद्यालयको दीक्षान्त कार्यक्रम जेठ ३१ मा हुँदै बुटवलको ढवाहामा दोस्रो पीस पार्क मेला सुरु तिनाउमा विद्यालय व्यवस्थापन तथा अभिभावक संघका पदाधिकारीलाई अभिमूखिकरण बाघको छाला र हड्डीसहित दुईजना पक्राउ रुपन्देहीमा पर्यटन व्यवसायीको चिन्ता : ३० खर्ब लगानी डुब्ने डर, पलायन हुँदै व्यवसायी गभर्नर अधिकारी र विश्व बैंक दक्षिण एसियाका उपाध्यक्ष रेजरबीच भेटवार्ता चलचित्र रोशनीको गीत ‘जुनी जुनी’ बुटवलमा विमोचन रुपन्देहीका सामूदायिक विद्यालयमा रहेका कर्मचारी आन्दोलित राष्ट्र बैंकले भन्यो- चालु खाता ५४ अर्ब ६७ करोड रुपैयाँले घाटामा गाउँको व्यथा कसलाई के थाहा ?