ताजा अपडेट »

बुटवलमा होलीको चहल-पहल सुरु (तस्वीरमा)

शुक्रबार, ०४ चैत्र २०७८, ११ : २७
22 Shares

आज तराइम होली पर्व मनाइँदै छ । यसै क्रममा रुपन्देहीको बुटवलमा पनि बिहानैदेखि होलीको चहल-पहल सुरु भएको छ । विशेषगरी ट्राफिक चोकमा होलीका लागि रङ,पिचकारी,टिसर्ट खरिद गर्नेहरुको भीड नै लागेको छ । बालबालिकादेखि युवा-युवतीहरु होली खेल्न घरबाट बिस्तारै बाहिर निस्केका छन् । पत्रकारहरुको साझा छाता संगठन पत्रकार महासंघ,रुपन्देहीको कार्यालय कार्यालय परिसरमामा पनि होली विशेष कार्यक्रम मनाउने तयारी रहेको सचिव विनोद परियाले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।