२६ जेष्ठ २०८०, शुक्रबार

Jun 9, 2023

पोखरा । गण्डकी प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित विभिन्न जातिको नृत्यका बारेमा यतिवेला अनुसन्धान भइरहेको छ । लोपोन्मुख नृत्यको संरक्षण गर्दै पुस्तान्तरण गर्ने लक्ष्यका साथ अनुसन्धान सुरु गरिएको हो । गत माघ १ गतेदेखि सुरु भएको अनुसन्धान कार्य चैत मसान्तभित्र सक्ने तयारी गरिएको गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति तथा अध्ययन अनुसन्धान उपसमिति संयोजक गोरे गुरुङले जानकारी दिए ।

Advertisement

उनका अनुसार अनुसन्धानकर्ता अहिले गण्डकीका ११ वटै जिल्ला पुगेर अनुसन्धान सुरु गरिएको छ । यही चैत ३० गतेभित्रमा अनुसन्धान प्रतिवेदनसहितको सामग्री प्रतिष्ठानलाई बुझाउनुपर्ने समय निर्धारण गरिएको छ । 

अनुसन्धानकर्तामार्फत अक्षर र भिडियोसमेतका जानकारी सङ्कलन गरिरहेको जनाउँदै उनले भने, “यस वर्ष सबै जातिलाई समेट्न नसके पनि बाँकी जातिलाई क्रमैसँग अर्को वर्ष छनोट गर्दै अनुसन्धान गरिने छ ।”

 प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठका अनुसार अनुसन्धान आफैँमा ऐतिहासिक पाटो भएको तथा प्रतिष्ठान स्थापनाको छोटो समयमा थोरै बजेटमा यो वर्ष कम्तीमा ३० वटा लोपोन्मुख नृत्यको अनुसन्धान र छायाङ्कन गर्न लागिएको हो । छायाङ्कन गर्ने नृत्य २३ मिनेटदेखि दुई घण्टा ५८ मिनेटसम्मका हुने छन् । 

“अब हामी श्रव्यदृश्य कक्ष तयार गर्ने छौँ, जहाँ हामीले अनुसन्धान बाट प्राप्त गरेका यथार्थ कुरा नयाँ पिँढीलाई देखाउने छौँ”, उनले भने, “अनुसन्धान कार्यका लागि १४ अनुसन्धानकर्ता छनोट गरिएको छ ।” 

यस वर्ष छनोट भएकामा थकाली जातिका लागि ज्योति भट्टचन, कुमाल जातिका लागि ईश्वर कुमाल, छन्त्याल जातिका लागि हरिचन छन्त्याल, माझी जातिका लागि नम्रता केसी, गुरुङ जातिीका लागि तेजबहादुर गुरुङ, मगर जातिका लागि मनोज घर्तीमगर, थारु जातिका लागि डा विष्णुकुमार सिञ्जाली रहेका छन् ।

यसैगरी दरै जातिका लागि राजकुमार दरै, तामाङ जातिका लागि कुमार तामाङ, दुरा जातिको लागि लालबहादुर भुजेल, ब्राह्मण तथा क्षेत्री जातिको लागि खगराज शर्मा, नेवार जातिका लागि रमेश लिगल, दमाई जातिका लागि वसन्त खनाल र गन्धर्व जातिका लागि डा तुलसीराम खनालले अनुसन्धानकर्ताको जिम्मेवारी पाएका छन् ।-रासस

प्रतिकृया दिनुहोस्

Flash News

पहिचानको नाममा अराजकता मच्चाउनेलाई कारबाही गरिनेछ : गृहमन्त्री श्रेष्ठ गुल्मीका रामु बिक ५ दिनदेखि बेपत्ता जलहरी बहस संसदको रेकर्डवाट हटाएकोमा रामहरी खतिवडाको आपत्ति विद्यालय कर्मचारी माथि राज्यबाटै चरम श्रमशोषण नेपाल धितोपत्र बोर्डले मनकामना दरौंदी हाइड्रोपावरको सेयरमा आवेदन नदिन आग्रह पहिचानको नाममा अराजकता मच्चाउनेलाई कारबाही गरिनेछः गृहमन्त्री  सुनचाँदीको भाउमा उतारचढाव कुमारी बैंकको १ लाख ४६ हजार कित्ता संस्थापक सेयर लिलामी खुल्यो आइएमई लाइफको आइपीओ खुला हुने २९ जिल्ला न्यायाधीशका लागि दरखास्त आव्हान [सूचनासहित] अत्याधिक गर्मी बढेपछि तिलोत्तमामा निः शुल्क सर्वत पानी वितरण ४७ बर्षकी भइन टाइटनिककी रोज  नेपालका असरफसँग डिल गरे पछि सञ्जीव जीवाकाे लखनउ अदालतमा हत्या लुम्बिनी प्रदेश सरकारले आज नीति तथा सार्वजनिक गर्ने भाषण गर्न नपाउँदा सभामुख घर्तीको आक्रोस : लुम्बिनी केवलकारलाई ‘पूँजीवादी दलाल’का पनि ‘दलाल’को संज्ञा क्यानडाको डढेलोले अमेरिकाकाे न्युयाेर्कलगायतका सहर धुवाँले ढाकियो बजेटमाथिको छलफल जारी : प्रतिनिधिसभा बैठक विहान ११ बजेदेखि राप्रपा नेपालले आज बिरोध प्रदर्शन गर्दै पूर्व अमेरिकी गुप्तचर अधिकारीको दाबीः अमेरिकासँग एलियन छ निर्वाचन आयोग र राजनीतिक दल बीच आज छलफल हुँदै