२६ जेष्ठ २०८०, शुक्रबार

Jun 9, 2023

कपिलवस्तु  । गृहमन्त्री बालकृष्ण खाँणले बिजुलीको तारबाट सेना आउन नसक्ने बताएका छन् । बाह्रौँ कपिलवस्तु महोत्सवको समुद्घाटन गर्दै गृहमन्त्री खाँडले एमसीसी परियोजना विद्युत् प्रसारण लाइन विस्तार र सडक निर्माणको परियोजनाको लागि मात्र रहेको दाबी गरेका छन् ।  

Advertisement

मन्त्री खाँड सम्बोधनको अधिकांश समय एमसीसी परियोजनाको विषयमा केन्द्रित रहेका थिए । उनले अनुदानकै कारण जनमानसमा नेपालमा अमेरिकी सेना आउने भ्रम रहेको बताउँदै नेपालमा कुनै पनि देशको सेना आएमा आफू अग्रपङ्क्तिमा बसेर लड्नसमेत तयार रहेको बताए । 

उनले नेपालमा ऊर्जाको भविष्यको चर्चा गर्दै ठूला र साना गरी ६ हजार नदी भए पनि जलविद्युत पुरा उत्पादन गर्न नसकेको बताए । ‘वर्षा याममा विद्युत् उत्पादन धेरै भएर खेर जान्छ । हिउँदमा नपुगेर भारतबाट ल्याउनु पर्छ । नेपालमा उत्पादन भएको विद्युत् बाहिर विक्री गर्न सकिएमा मात्र व्यापार घाटा कम हुन्छ,’ खाँडले भने । 

सम्बोधनका क्रममा उनले सरकारले विद्युतको खपत बढाउनको लागि मूल्य घटाउन तयार रहेको बताए । नागरिकले पेट्रोलियम पदार्थको उपभोग घटाउनको लागि विद्युत् उत्पादन र प्रयोग गर्नुको विकल्प नरहेको समेत बताए । 

महोत्सवमा बोल्दै नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले स्वदेशमा उत्पादन भएका सामाग्रीले महोत्सवमा स्थान पाउने हुँदा स्थानीय उत्पादनको खपत बढ्ने दाबी गरे । यसै गरी एमाले केन्द्रीय सदस्य बलराम अधिकारीले महोत्सव सञ्चालन गर्दा कपिलवस्तुको उद्योग तथा पर्यटनको विकासमा टेवा पुग्ने गरी योजना बनाउन सुझाव दिएका थिए । जिल्लाको बाणगंगा नगरपालिका जितपुरमा चल्ने चैत्र १३ गते सम्म सञ्चालन हुने छ । -जानु पाण्डे/न्युज कारखाना

प्रतिकृया दिनुहोस्

Flash News

प्रधानमन्त्री प्रचण्डविरूद्धको ‘युद्ध अपराध’सम्बन्धी रिट दर्ता गर्न बाटो खुल्यो एमाले नेतामाथिको आक्रमणमा सत्ताधारीको संलग्नता देखियो : योगेश भट्टराई गुल्मीका रामु बिक ५ दिनदेखि बेपत्ता जलहरी बहस संसदको रेकर्डवाट हटाएकोमा रामहरी खतिवडाको आपत्ति विद्यालय कर्मचारी माथि राज्यबाटै चरम श्रमशोषण नेपाल धितोपत्र बोर्डले मनकामना दरौंदी हाइड्रोपावरको सेयरमा आवेदन नदिन आग्रह पहिचानको नाममा अराजकता मच्चाउनेलाई कारबाही गरिनेछः गृहमन्त्री  सुनचाँदीको भाउमा उतारचढाव कुमारी बैंकको १ लाख ४६ हजार कित्ता संस्थापक सेयर लिलामी खुल्यो आइएमई लाइफको आइपीओ खुला हुने २९ जिल्ला न्यायाधीशका लागि दरखास्त आव्हान [सूचनासहित] अत्याधिक गर्मी बढेपछि तिलोत्तमामा निः शुल्क सर्वत पानी वितरण ४७ बर्षकी भइन टाइटनिककी रोज  नेपालका असरफसँग डिल गरे पछि सञ्जीव जीवाकाे लखनउ अदालतमा हत्या लुम्बिनी प्रदेश सरकारले आज नीति तथा सार्वजनिक गर्ने भाषण गर्न नपाउँदा सभामुख घर्तीको आक्रोस : लुम्बिनी केवलकारलाई ‘पूँजीवादी दलाल’का पनि ‘दलाल’को संज्ञा क्यानडाको डढेलोले अमेरिकाकाे न्युयाेर्कलगायतका सहर धुवाँले ढाकियो बजेटमाथिको छलफल जारी : प्रतिनिधिसभा बैठक विहान ११ बजेदेखि राप्रपा नेपालले आज बिरोध प्रदर्शन गर्दै पूर्व अमेरिकी गुप्तचर अधिकारीको दाबीः अमेरिकासँग एलियन छ