ताजा अपडेट »

युक्रेनका विस्थापितलाई १० लाख यूरो सहयोग

विहीबार, ०३ चैत्र २०७८, १५ : ०१
8 Shares

म्याड्रिड । स्पेनी क्लब रियल म्याड्रिडले रुसी आक्रमणमा विस्थापित युक्रेनीका लागि १० लाख यूरो सहयोग प्रदान गर्ने भएको छ । हमलामा युक्रेनबाट विस्थापित भएर विभिन्न देशमा शरण लिएकाहरुलाई सो सहयोग प्रदान गरिने लालिगाका नेताहरुले जनाएका छन् ।

उक्त सहयोग रेडक्रस, राष्ट्रसंघको शरणार्थीसम्बन्धी निकाय यूएनएचसीआर र युक्रेनमा कार्यरत अन्य संगठनहरुमार्फत प्रदान गरिनेछ । 

राष्ट्रसंघका अनुसार झन्डै २५ लाख युक्रेनीले देश छाडेर विभिन्न छिमेकी देशमा शरण लिइरहेका छन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।