२५ जेष्ठ २०८०, बिहीबार

Jun 8, 2023

धनगढी । गत ३० फागुनमा कैलाली आएका बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेस पनि चाडै नै आउनले बताए । प्रचण्डको यस्तो भनाइ पछि सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेसको सहभागिता भइ हाल्छ होला भन्ने धेरैको सोचाइ थियो ।

Advertisement

तर, कांग्रेसमा भने अझै पनि प्रदेश सरकारको मन्त्री परिषद्मा जाने वा नजाने भन्ने दुविधा छ । ‘पार्टीले अझै पनि कुनै निर्णय पठाएको छैन,’ नेपाली कांग्रेस प्रदेश संसदिय दलका नेता डाक्टर रणबहादुर रावलले भने, ‘कसलाई मन्त्री बनाउने भन्ने पनि टुङ्गो छैन, हामी केन्द्रको प्रतिक्षामा छौं ।’ उनले कांग्रेस सरकारमा जाँदा मुख्यमन्त्री नै पाउनुपर्ने दावी समेत गरेका छन् । सरकारमा समर्थन दिएर पनि अहिलेसम्म कुनै भाग नमागेका बताउँदै अब मन्त्री परिषद्मा जाने स्थिति बने मुख्यमन्त्री नै पाउनुपर्ने बताए । 

नेता रावल त्यसैका लागि काठमाडौं पुगेका छन् । काठमाडौंमा उनले कांग्रेस सभापति देउवा लगायतका नेतालाई भेट गरेको र सबैले आफ्ना मागलाई सकारात्मक रुपमा लिएको उनी बताउँछन् । यता नेकपा एकिकृत समाजवादी पार्टीले पनि मन्त्रीपरिषद् हेरफेर हुने अवस्था आएमा मुख्यमन्त्रीकै दावी गरीरहेको छ । 

तर, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालले भने सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व परिवर्तन नहुने प्रष्ट पारेका थिए । ‘मुख्यमन्त्री परिवर्तनको कुरा नेकपा एसका नेता माधवकुमार नेपालले गरेको हो,’ अध्यक्ष प्रचण्डले भने, ‘तर अहिलेको समीकरणअनुसार सत्तारुढ गठबन्धनका तीन दलले दुईदुई वटा तथा जसपाले एउटा प्रदेशमा नेतृत्व गर्दै आएका छौं, सुदूरपश्चिमको नेतृत्व परिवर्तन हुने बिक्तिकै सबै प्रदेशमा समीरण फेरिने देखिएपछि हामी पछि हटेका छौं ।’ उनले गण्डकी प्रदेशमा नेकपा माओवादी केन्द्र पहिलो पार्टी भए पनि नेतृत्व नलिएको स्मरण गर्दै सुदूरपश्चिमको हकमा नेकपा एस ठुलो दल भए पनि सहमतिअनुसार जाँदा उसले नेतृत्व पाउन नसक्ने बताए । 

नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले भने तत्काल मन्त्री परिषद्मा कांग्रेसको सहभागिता नभए प्रतिपक्षमा बस्ने र आगामी गठबन्धनको सबै सम्भवाना सकिने बताए । तर, उनले मुख्यमन्त्रीका लागि भने कांग्रेसले सुदूरपश्चिमममा भाग नमागेको स्पष्ट पारे । गठबन्धन दलको सहमतिअनुसार कांग्रेसले दुई प्रदेशको मुख्यमन्त्री पाइसकेको बताउादै बलायरले सुदूरपश्चिममा नेतृत्व नचाहिएको तर मन्त्री भने चाहिने बताए ।

‘केन्द्रदेखि प्रदेशसम्म गठबन्धन गर्ने निर्णय भए पनि सुदूरपश्चिममा कांग्रेसले अहिलेसम्म केही पाएको छैन, सभापति बलायरले भने, ‘सरकारमा दुई दल मिलेको मनोमानी हुँदा कांग्रेस सरकारलाई समर्थन दिएर ठुलुटुलु हेरेर बस्न सक्दैन । हामीलाई मन्त्री नदिए तत्काल समर्थन फिर्ता गर्नेछौं । हामी प्रतिपक्षमा जानेछौं र आगामी गठबन्धनको औचित्य पनि त्यही समाप्त हुने छ ।’ उनले सरकामा जाने वा नजाने भन्ने विषय भने केन्द्रको भरमा रहेको बताए । ‘हाम्रो प्रष्ट धारणा हामीले केन्द्रलाई भनेका छौं,’ उनले भने कांग्रेसलाई आगामी दिनमा पनिसँगै लैजाने वा अलगअलग जाने भन्ने टुङ्गो लगाउने जिम्मा केन्द्रीय नेतृत्वको भरमा छ ।’

प्रतिकृया दिनुहोस्

Flash News

चौतारा संरक्षणमा राइनासका युवा दर्शक पाठक घटेर समस्यामा भोगिरहेको सिएनएनवाट सिइयोको राजिनामा मधेशका महिला कथाकारका लागि ‘टेल योर स्टोरी’ नेपाली क्रिकेट टिमले आज स्कटल्याण्डसँग अभ्यास खेल खेल्दै  इरानले बनायो ध्वनीभन्दा १५ गुणा बढी गतिको मिसाइल म्यान्मारमा सेना समर्थक गायिकाको गोली हानी हत्या असार १ देखि भदौं मसान्तसम्म सडक खन्न प्रतिबन्ध तिलाेत्तमाको शंकरनगर दुर्गादत्त माविमा प्रतिभा प्रदर्शन युक्रेनी बाँध भत्किदाँ १८ हजार घर डुबानमा, रुस-युक्रेन एक अर्कामा दोषारोपण गर्दै रेलमा आगलागी भएपछि अस्ट्रियाको सुरुङबाट २०० यात्रुलाई बाहिर निकालिए बाबुराम भट्टराई नेतृत्वको नेसपाको केन्द्रिय समिति बैठक आजबाट प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल आज पनि जारी रहने प्रधानमन्त्री प्रचण्ड आज बुटवल आउँदै, लुम्बिनी केबलकारको उद्घाटन गर्ने भारतसँग भूमि सट्टापट्टाबारे अरूले निर्णय नै गरेका छन्, समय आएपछि प्रमाण देखाउँछु : प्रधानमन्त्री रेडक्रस सोसाइटी बर्दिबासद्वारा सर्पदंश उपचार केन्द्रलाई स्वास्थ्य सामग्री प्रदान  तिनाउको शैक्षिक सुधारका लागि आलोचना हैन समालोचना आवश्यक भारतीय सीमावर्ती बजारबाट अखाद्य मासुजन्य पदार्थ भित्रिएको आशंकामा बुटवलमा अनुगमन अनलाइन ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ प्रियंकासँग सहकार्य गर्दै जुनियर एनटिआर बुटवलमा करोडौँ मूल्य पर्ने २६ कठ्ठा सरकारी जग्गा किनबेच