१७ जेष्ठ २०८०, बुधबार

May 31, 2023

रौतहट । रौतहटस्थित चन्द्रनिगाहपुर गौर सडकखण्डअन्तर्गत हर्साहा चौकमा स्कर्पियो पिकअप गाडीको ठक्करबाट २ जना युवकको ज्यान गएको छ। ठक्करबाट  एकजना नेपाल प्रहरीका असई र एक जवान घाइते भएका छन् ।

Advertisement

चन्द्रनिगाहपुरबाट घरतर्फ गइरहेको बा १७ च ६१६३ नम्बरको  स्कार्पियो पिकअपले गएराती साढे ८ बजे हर्साहा चौकमा ठक्कर दिंदा २ जना पैदलयात्रुको मृत्यु भएको हो।

मृत्यु हुनेमा बृन्दाबन नगरपालिका ६ स्थानीय हर्साहा गाउँका बर्ष ३५ का जितेन्द्र पटेल र सोही ठाउँका २८ बर्षिय हरिकुमार ठाकुर रहेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीले जानकारी दिए ।

त्यसैगरी गाडीको ठक्करबाट ड्युटीमा रहेका प्रहरी चौकी हर्साहा प्रमुख असई उपेन्द्र यादव र जवान मुस्तुफा अंसारी घाइते भएका छन् । असई यादवको गरुडा स्थित सामुदायिक अस्पताल र जवान अंसारिको बिरगंजमा उपचार भैरहेको डिएसपी भण्डारीले बताएका छन् ।

ठक्करबाट गम्भीर घाइते भएका ठाकुरको उपचारको क्रममा  स्थानीय अस्पताल र पटेलको उपचारको लागि एम्बुलेन्सबाट  भरतपुर जाने क्रममा राति मृत्यु भएको डिएसपी भण्डारीले जानकारी दिए ।

ठक्कर दिने गाडी चालक मौलापुरका  संजय पाण्डे र अर्का गाडीमा सवार सोही ठाउँका  कुन्दन पाण्दे पक्राउ परेका छन् । मृतकका आफन्तहरुले दुबै शव हर्साहा चौकमा राखेर दोषीलाई कार्वाही र क्षतिपूर्तिको माग गर्दै बिहीबार बिहानै देखि प्रदर्शन गरिरहेका छन् ।

सो क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरी  चन्द्रनिगाहपुरबाट गौर जाने गाडीहरुलाई बैकल्पिक बाटोको प्रयोग गराईरहेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

दुर्घटनाको कारणबारे अनुसंधान भैरहेको प्रहरीले जनाएको छ । यसैबीच केही स्थानीयले उक्त घटनामा एमाले केन्द्रिय सदस्य तथा निबर्तमान सांसद कुन्दन कुश्वाहाको नाम जोडेर सामाजिक संजालमा राखेपछि कुश्वाहाले आपती जनाउँदै जथाभावी चरीत्र हत्या गर्ने लाई कार्वाहीको दायरामा ल्याउन स्थानीय प्रशासनसँग माग गरेका छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

हतियारसहित चितवन राष्ट्रिय निकुञ्जबाट दुई जना नियन्त्रणमा युवा वैज्ञानिक रोका बलात्कार आरोपमा पक्राउ अत्याधिक गर्मीका कारण रुपन्देहीको सियारीमा विद्यालय विदा तिनाउको दोभान माविमा २ दिने चित्रकला अनुशिक्षण रास्वपा सभापति रवि लामिछाने भारत प्रस्थान  नागरिकता विधेयक प्रमाणीकरण हुनु अत्यन्तै सकारात्मक : लोसपा सुखी नेपाली, समृद्ध नेपालका लागि ‘एक घर एक स्काउट’, ‘एक विद्यालय एक युनिट’ प्रधानमन्त्री प्रचण्ड नयाँ दिल्लीमा, राज्यमन्त्री मिनाक्षीले गरिन् स्वागत शिवजी क्षत्रीको कोरियोग्राफी र निर्देशनमा आउरे बाउरे सार्वजनिक बालेनको चेतावनीपछि मन्त्रालयको ताकेता : १० प्रतिशत शैया र निःशुल्क उपचार उपलब्ध गराउ नागरिकता विधेयक प्रमाणीकरण स्वागतयोग्य, तर प्रक्रिया मिलेन : मनिष झा सेयर बजार बुधबार पनि सम्हालिएन कोशी प्रदेशको नाममा पुनर्विचार गर्न १४ जिल्लाका कांग्रेस सभापतिको आह्वान एमालेले डाक्यो सचिवालय बैठक नागरिकता विधेयक प्रमाणीकरण क्रान्तिकारी कदम : प्रधानमन्त्री रुपन्देहीमा देवदह दरबार अनुमान गरिएको खयरडाँडामा उत्खनन आफ्नै अभियानविपरीत धनगढी उपमहानगरले बनायो नाला मिचेर सडक प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान (फोटो फिचर) जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ फ्रान्स पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ