२७ जेष्ठ २०८०, शनिबार

Jun 10, 2023

बुटवल । रुपन्देहीको बुटवलमा अवस्थित तिनाउ ईन्टरनेशनल अस्पतालमा बिरामीको उपचारका क्रममा मृत्यु भएपछि उत्पन्न विवादको अझै टुङ्गो लागेको छैन । खुट्टाको अपरेशन गर्न आएको एक बिरामीको बुधबार मृत्यु भएपछि आफन्तले बिरोध गर्दै क्षतिपूर्तिको माग गरेका छन् । मृतकका आफन्त र अस्पताल प्रशासन बीच बुधबार साझसम्म भएको वार्तामा सहमति नजुटेपछि आज पुनः छलफल गर्ने तयारी भएको अस्पताल प्रशासनले जनाएको छ ।

Advertisement

नवलपरासीको बर्दघाट नगरपालिका–११ भगजोगनीका ४२ वर्षीय ताराप्रसाद चौधरीको देब्रे खुट्टाको अप्रेसनका क्रममा बुधबार बिहान मृत्यु भएको थियो । अस्पतालका डाक्टरको लापरवाहीले उनको मृत्यु भएको भन्दै आफन्तहरुले घटनाको छानवीन, दोषीलाई कारबाही र क्षतिपुर्तिको माग गरेका छन् । मृतकका आफन्तले माग पूरा नभएसम्म शव नबुझ्ने अडान लिएका छन् ।

बुधबार भएको छलफलमा मृतकका आफन्तले चिकित्सकहरुको लापरबाहीका कारण घटना भएको दाबी गरेपनि त्यस्तो नभएको अस्पतालले बताउँदै आएको छ । अस्पतालका अध्यक्ष चिरञ्जिवी जोशीले उपचारमा चिकित्सकको कुनै पनि कमजोरी नभएको दाबी गरे । सहमतिका लागि भएको छलफलमा मृतकका आफन्तहरुले उपचारमा संलग्न चिकित्कसको कमजोरी देखाएपनि त्यस्तो नभएको र कुनै पनि कानूनी उपचारमा जानका लागि चिकित्सक तथा अस्पताल तयार भएको अडान कायम रहेको जोशीले बताए । बुधबारको छलफलमा भएका विषयहरु बारे खुलेर बोल्न नचाहेका उनले आज पनि आफन्तहरुसँग छलफल हुने ग्लोबल आवाजलाई जानकारी दिए । छलफलमा सहभागी एक सदस्यका अनुसार मृतकका आफन्तले २५ लाख रुपैयाँ क्षतिपूर्तिको माग गरेका छन् भने अस्पताल प्रशासनले सो अनुसार रकम दिन तयार नभएको जनाएको छ । घटना बारे थप जानकारी लिनका लागि उपचारमा संलग्न डा. योगेन्द्र अग्रहरीसँग कुराकानी गर्न पटक–पटक फोन गर्दा पनि उनले जबाफ फर्काएका छैनन् ।

‘सोमबार अस्पताल भर्ना भएका चौधरीलाई मंगलबार सांझ साढे ५ बजेपछि शल्यक्रिया कक्षमा लगिएको थियो । ताराप्रसादको डा. योगेन्द्र अग्रहरी नेतृत्वको टिमले शल्यक्रिया गरेका हुन् । ३–४ घण्टामा अप्रेसन सकिन्छ भनिएको तर राति ११ बजे मात्रै अप्रेसन थियटरबाट निकालेर आईसीयूमा लैजान खोजेपछि शंका लागेर सोध्दा अवस्था नर्मल छ आत्तिनुपर्दै भनेका र फेरि ५ बजेतिर बोलाएर अवस्था सिरियस छ भेन्टिलेटरमा राखेर हेरौं भनेको केहीबेरमै बिरामीको मृत्यु भएको खबर गरियो ।’-मृतकका आफन्तले भने । ४ वर्ष अघि दुर्घटनामा खुट्टा भांचिएकाले ताराप्रसादको खुट्टामा रड राखिएकोमा रडको नट भांचिएपछि अप्रेसन गर्न भर्ना भएका थिए ।

यस अघि पनि तिनाउ अस्पतामा बिरामीको मृत्यु भएपछि विवादित बनेको थियो । गत वर्षको चैत्रमा रुपन्देही सैनामैना सालझण्डीकी ४० वर्षिया पार्वती घिमिरेको चिकित्सकको लापरबाहिका कारण मृत्यु भएको भन्दै आफन्तले बिरोध गरेका थिए ।

प्रतिकृया दिनुहोस्

Flash News

नेदरल्यान्ड्सविरुद्धकाे अभ्यास खेलमा नेपालले टस हारयाे १२ बर्ष पछाडी नाम्चे बजारमा सबैभन्दा बढी उच्च तापमान स्वस्तिमाले सांसद शाहलाई भनिन – मेरो तस्विरका कुरा संसदमा उठाउनु परयो ! पाल्पा लैजाँदै गरेको एक ट्रक अवैध मल बरामद ४० दिनदेखि अमेजनको घना जंगलमा हराईरहेका बालबालिका फेला परे गोप्य कागजात प्रकरणः ट्रम्प माथीको अभियोग पुष्टी भए २० बर्ष जेल सजाँय हुने कारबाही अघि नै बेलायती पुर्व प्रधानमन्त्रीले दिए सांसद पदवाट राजिनामा शोषणमा परेको प्रजातन्त्र विकासका कुरालाई राजनीतिक आँखाबाट हेर्नु हुँदैन: विनोद चौधरी नेपालले आज नेदरल्याण्डसँग अभ्यास खेल खेल्दै तराईमा तापक्रम नघटने, कोशी, गण्डकी तथा कर्णाली प्रदेश पानी पर्ने १३ वर्षदेखि रोकिएको संस्कृत विश्वविद्यालयको दीक्षान्त कार्यक्रम जेठ ३१ मा हुँदै बुटवलको ढवाहामा दोस्रो पीस पार्क मेला सुरु तिनाउमा विद्यालय व्यवस्थापन तथा अभिभावक संघका पदाधिकारीलाई अभिमूखिकरण बाघको छाला र हड्डीसहित दुईजना पक्राउ रुपन्देहीमा पर्यटन व्यवसायीको चिन्ता : ३० खर्ब लगानी डुब्ने डर, पलायन हुँदै व्यवसायी गभर्नर अधिकारी र विश्व बैंक दक्षिण एसियाका उपाध्यक्ष रेजरबीच भेटवार्ता चलचित्र रोशनीको गीत ‘जुनी जुनी’ बुटवलमा विमोचन रुपन्देहीका सामूदायिक विद्यालयमा रहेका कर्मचारी आन्दोलित राष्ट्र बैंकले भन्यो- चालु खाता ५४ अर्ब ६७ करोड रुपैयाँले घाटामा