२५ जेष्ठ २०८०, बिहीबार

Jun 8, 2023

भैरहवा । नेपाल टेलिकम रुपन्देही सुपरलिग ए डिभिजनअन्तर्गतको बुधबारको खेल बुटवल ११ ले जितेको छ । तिलोत्तमा क्रिकेट क्लबलाई ५६ रनले पराजित गर्दै बुटवल ११ ले जित निकालेको हो । 

Advertisement

भैरहवाको सिद्धार्थ रंगशालामा रुपन्देही क्रिकेट संघको आयोजनामा जारी खेलमा टस जितेर सुरुवाती ब्याटिङ रोजेको बुटवल-११ ले निर्धारित ५० ओभरको खेल मध्ये ३९ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै १५६ रन बनाएको थियो । जसका लागि सर्वाधिक विवश खातीले ४३, विवेक शर्माले २७ तथा ईशान पाण्डे र अभिषेक ठाकुरले २६-२६ रनको योगदान गरे । बलिङतर्फ तिलोत्तमाका अमरसिंह रौटेला र कृष्ण पराजुलीले ३-३ र कृष्ण कार्कीले २ विकेट लिए ।

१५७ रनको लक्ष्य पाएको तिलोत्तमाले जवाफी ब्याटिङमा ३७ ओभरमा सबै विकेट गुमाउँदै लक्ष्य पार गर्न सकेन । १०० रनमै समेटिएपछि हार बेहोरेको तिलोत्तमाका लागि कृष्ण भुसालले २३, भुवन गैरेले २० र अमरसिंह रौतेलले १४ रन बनाए । 

तिलोत्तमालाई सस्तैमा समेट्न बुटवल–११ का सुभम घमालले ४, सोनु तामाङले ३ र ईशान पाण्डेले २ विकेट लिए । बुधबारको खेलमा शुभम् घमाल म्यान म्यान अफ द म्याचबाट पुरस्कृत भए ।

मंगलबार हुने भनिएको खेलमा टिम सहभागी नभएकोले बुद्ध क्रिकेट क्लब सुपर प्रवेश गरेको छ, बुद्ध नेट रन रेटको आधारमा अघिल्लो चरणमा प्रवेश गरेको संघका सचिव सञ्जय गुरुङले जानकारी दिए । 

बिहीबार डिभिजन ए अन्तर्गतको अन्तिम खेल वेश्टर्न क्रिकेट क्लब र शंकरनगर क्रिकेट क्लबबीच हुन संघले जानकारी दिएको छ । 

नेपालकै एक मात्र सुपरलिग प्रतियोगिता २०५४ साल देखि निरन्तर हुँदै आएको छ । जिल्ला भित्रका २० टिम मध्ये १२ टिमबीच लिगमा प्रतिस्पर्धा गराइँदै छ । लिगमा टप हुने ४ टिमबीच चैत ५ गतेबाट सुपर फोरमा प्रतिस्पर्धा गर्नेछन् । 

प्रतियोगिताको विजेताले ८० हजार, उपविजेताले ४० हजार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, वेस्ट ब्याट्सम्यान, वेस्ट बलर र उदयीमान खेलाडीलाई जनही ५/५ हजार रुपैयाँ प्रदान गरिने संघका कार्यवाहक अध्यक्ष धिरज क्षेत्रीले बताए । प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार २ सय रुपैयाँ प्रदान गरिँदै आएको छ ।- मोहम्मद हबिब/न्युज कारखाना

प्रतिकृया दिनुहोस्

Flash News

म्यान्मारमा सेना समर्थक गायिकाको गोली हानी हत्या असार १ देखि भदौं मसान्तसम्म सडक खन्न प्रतिबन्ध तिलाेत्तमाको शंकरनगर दुर्गादत्त माविमा प्रतिभा प्रदर्शन युक्रेनी बाँध भत्किदाँ १८ हजार घर डुबानमा, रुस-युक्रेन एक अर्कामा दोषारोपण गर्दै रेलमा आगलागी भएपछि अस्ट्रियाको सुरुङबाट २०० यात्रुलाई बाहिर निकालिए बाबुराम भट्टराई नेतृत्वको नेसपाको केन्द्रिय समिति बैठक आजबाट प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल आज पनि जारी रहने प्रधानमन्त्री प्रचण्ड आज बुटवल आउँदै, लुम्बिनी केबलकारको उद्घाटन गर्ने भारतसँग भूमि सट्टापट्टाबारे अरूले निर्णय नै गरेका छन्, समय आएपछि प्रमाण देखाउँछु : प्रधानमन्त्री रेडक्रस सोसाइटी बर्दिबासद्वारा सर्पदंश उपचार केन्द्रलाई स्वास्थ्य सामग्री प्रदान  तिनाउको शैक्षिक सुधारका लागि आलोचना हैन समालोचना आवश्यक भारतीय सीमावर्ती बजारबाट अखाद्य मासुजन्य पदार्थ भित्रिएको आशंकामा बुटवलमा अनुगमन अनलाइन ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ प्रियंकासँग सहकार्य गर्दै जुनियर एनटिआर बुटवलमा करोडौँ मूल्य पर्ने २६ कठ्ठा सरकारी जग्गा किनबेच लागुऔषधसहित ५ जना पक्राउ हत्या आराेपमा एकजना पक्राउ पूर्वराज्यमन्त्री महेश चौधरीको निधन दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ कम्बोडिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ