May 31, 2023
बुटवल । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशको अध्यक्षमा सुदर्शन बराल चयन भएका छन् । अध्यक्ष बराल गुल्मीबाट प्रदेशसभा सदस्य निर्वाचित भई लुम्बिनी प्रदेश सरकारको सामाजिक विकास मन्त्री समेत हुन् ।
प्रदेश कमिटिको बैठकले वराललाई निर्विरोध अध्यक्ष चयन गरेको हो । यस्तै उपाध्यक्षमा दुर्गा चौधरी, लुमाकान्त न्यौपाने र वीरबहादुर खत्री, सचिवमा कृष्ण अधिकार, सहसचिवमा अक्कल बहादुर बम, पार्वती विक र काशीराम यादव चयन भएका छन् । साथै बैठकले कोषाध्यक्षमा निर्दोष अलीलाई दिएको छ ।
प्रतिकृया दिनुहोस्