१७ जेष्ठ २०८०, बुधबार

May 31, 2023

बुटवल । बुटवलको तिनाउ इन्टरनेसनल अस्पतालमा खुट्टाको अप्रेसन गर्दा एकजनाको मृत्यु भएपछि आफन्तहरुले डाक्टरको लापरवाही भएको भन्दै अस्पताल घेराउ तथा नाराबाजी गरेका छन् ।

Advertisement

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–११ भगजोगनीका ४२ वर्षीय ताराप्रसाद चौधरीको देब्रे खुट्टाको अप्रेसनका क्रममा बुधबार बिहान मृत्यु भएको हो । अस्पतालका डाक्टरको लापरवाहीले ताराप्रसादको मृत्यु भएको भन्दै मृतकका आफन्तहरुले घटनाको छानवीन, दोषीलाई कारवाही र क्षतिपुर्तिको माग गर्दै अस्पताल घेराउ गरेका हुन् । मृतकका आफन्तले माग पूरा नभएसम्म शव नबुझ्ने अडान लिएका छन् ।

सोमबार अस्पताल भर्ना भएका चौधरीलाई मंगलबार सांझ साढे ५ बजेपछि शल्यक्रिया कक्षमा लगिएको थियो । ताराप्रसादको डा. योगेन्द्र अग्रहरी नेतृत्वको टिमले शल्यक्रिया गरेका हुन् । ३–४ घण्टामा अप्रेसन सकिन्छ भनिएको तर राति ११ बजे मात्रै अप्रेसन थियटरबाट निकालेर आईसीयूमा लैजान खोजेपछि शंका लागेर सोध्दा अवस्था नर्मल छ आत्तिनुपर्दै भनेका र फेरि ५ बजेतिर बोलाएर अवस्था सिरियस छ भेन्टिलेटरमा राखेर हेरौं भनेको केहीबेरमै मामाको मृत्यु भएको हेमलालले बताए ।

४ वर्ष अघि दुर्घटनामा खुट्टा भांचिएकाले ताराप्रसादको खुट्टामा रड राखिएकोमा रडको नट भांचिएपछि अप्रेसन गर्न भर्ना भएका थिए । उपचार अघि गरिएको एक्सरेमा रड भांचिएको नदेखिएको तर पछि रड भांचिएको भनिएको हेमलालले बताए । घटना बारे बुझ्नका लागि अस्पतालका अध्यक्ष चिरञ्जिवी जोशीसँग कुरा गर्दा अस्पतालका डाक्टर योगेन्द्र अग्रहरीसँग कुरा गर्न भने पनि उनको फोन भने उठेन । उपचारमा संलग्न चिकित्सकहरुलाई उदृढ गर्दै अध्यक्ष जोशीले ग्लाेबल आवाजसँग भने -‘बिरामीकाे ५ घण्टा लामो अप्रेसन गरिएको थियो । अप्रेस गर्दा उनको स्वास्थ्य अवस्था सामन्य नै थियाे । पछि उनलाई आइसीयूमा राखियाे । एक्कासी रक्तचाप घटेपछि प्रयास गर्दागर्दै पनि बचाउन नसकिएको हो ।’ घटना बारे थप जानकारी चिकित्सकहरुलाई नै जानकारी भएको अध्यक्ष जोशीले जनाए । अस्पतालमा सुरक्षाका लागि प्रहरी तैनाथ गरिएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

तिनाउको दोभान माविमा २ दिने चित्रकला अनुशिक्षण रास्वपा सभापति रवि लामिछाने भारत प्रस्थान  नागरिकता विधेयक प्रमाणीकरण हुनु अत्यन्तै सकारात्मक : लोसपा सुखी नेपाली, समृद्ध नेपालका लागि ‘एक घर एक स्काउट’, ‘एक विद्यालय एक युनिट’ प्रधानमन्त्री प्रचण्ड नयाँ दिल्लीमा, राज्यमन्त्री मिनाक्षीले गरिन् स्वागत शिवजी क्षत्रीको कोरियोग्राफी र निर्देशनमा आउरे बाउरे सार्वजनिक बालेनको चेतावनीपछि मन्त्रालयको ताकेता : १० प्रतिशत शैया र निःशुल्क उपचार उपलब्ध गराउ नागरिकता विधेयक प्रमाणीकरण स्वागतयोग्य, तर प्रक्रिया मिलेन : मनिष झा सेयर बजार बुधबार पनि सम्हालिएन कोशी प्रदेशको नाममा पुनर्विचार गर्न १४ जिल्लाका कांग्रेस सभापतिको आह्वान एमालेले डाक्यो सचिवालय बैठक नागरिकता विधेयक प्रमाणीकरण क्रान्तिकारी कदम : प्रधानमन्त्री रुपन्देहीमा देवदह दरबार अनुमान गरिएको खयरडाँडामा उत्खनन आफ्नै अभियानविपरीत धनगढी उपमहानगरले बनायो नाला मिचेर सडक प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान (फोटो फिचर) जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ फ्रान्स पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ प्रधानमन्त्री प्रचण्ड ४ दिने भारत भ्रमणका लागि प्रस्थान कोशी प्रदेश सरकारबाट बाहिरियो जसपा सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ