२५ जेष्ठ २०८०, बिहीबार

Jun 8, 2023

तिलोत्तमा । नेकपा एमालेका पोलिटब्यूरो सदस्य लिला गिरीले पार्टी अव निर्वाचन केन्द्रित भएको भन्दै सोही अनुसार परिचालित हुन कार्यकर्तालाई आग्रह गरेका छन् । पाँचदलीय गठबन्धनलाई परास्त गर्ने गरी एमालेले आफ्नो चुनावी अभियानलाई अघि बढाउने पनि उनले जानकारी दिए ।

Advertisement

एमाले तिलोत्तमा नगर कमिटीद्वारा बुधबार शंकरनगरमा आयोजित बृहत पार्टी प्रवेश कार्यक्रमलाई संबोधन गर्दै पोलिटब्यूरो सदस्य गिरीले यस्तो बताएका हुन् । “एमाले अव चुनामा केन्द्रित भएको छ, अवका तीनै तहका निर्वाचनमा एमालेको विजय निश्चित छ”–उनले भने । एमालेसँग एक्लै प्रतिष्पर्धा गर्न डराएर अन्य दलहरुले गठबन्धन गरेर मात्र चुनावमा जाने तयारी गरेको भन्दै जुनसुकै गठबन्धन भएपनि एमाले एक्लै चुनावी प्रतिष्पर्धामा उत्रिन तयार रहेको बताए ।

उनले एमाले नै मुलुक र जनताको आशा र भरोसाको केन्द्र बनेको भन्दै अहिलेको सरकार केन्द्र वा प्रदेश कतैपनि देखिन छाडेको बताए । “सरकार छ कि छैन भन्ने कुराको जनतालाई वास्ता छैन र सरकारप्रति आम विश्वास पनि छैन”–गिरीले भने । उनले अहिले सबैतिर एमाले प्रवेशको लहर चलिरहेको र पार्टीप्रतिको आकर्षण बढ्दै गएको भन्दै बाटो बिराएकाहरुलाई पार्टीमा फर्किन आग्रह गरे ।

कार्यक्रममा बोल्दै एमालेका अर्का पोलिटब्यूरो सदस्य दधिराम न्यौपनेले पार्टीमा योगदान र क्षमताका आधारमा जिम्मेवारी प्रदान गरिने बताए । पार्टीमा कसैलाई काखापाखा वा भेदभाव नगरिने पनि न्यौपानेले बताए । उनले देशव्यापीरुपमा एमालेप्रतिको आकर्षण बढेको भन्दै अहिले सबैतिर पार्टी प्रवेशको लहर चलिरहेको उल्लेख गरे । आफ्नो दलमा प्रवेश गर्नेहरुलाई नयाँ र पुरानोको आधारमा भेदभाव नगरिने र कामको आधारमा मूल्यांकन र जिम्मेवारी प्रदान गरिने न्यौपानेले बताए ।

त्यस अवसरमा नेकपा माओवादी केन्द्रका पुर्व केन्द्रीय सदस्य तुलसीप्रसाद सापकोटा सहित करिव एकसय जनालाई एमाले नेताहरुले पार्टी प्रवेश गराउँदै स्वागत गरेका थिए । एमाले तिलोत्तमा नगर कमिटी अध्यक्ष तामानाथ पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला अध्यक्ष तेजेन्द्र केसी, तिलोत्तमा नगर उपाध्यक्ष नेत्रलाल बन, सचिव मिनप्रसाद पोखरेल, नवप्रवेशी तुलसीप्रसाद सापकोटा, खिमानन्द न्यौपानेगायतले आ–आफ्नो धारणा राखेका थिए ।

प्रतिकृया दिनुहोस्

Flash News

इरानले बनायो ध्वनीभन्दा १५ गुणा बढी गतिको मिसाइल म्यान्मारमा सेना समर्थक गायिकाको गोली हानी हत्या असार १ देखि भदौं मसान्तसम्म सडक खन्न प्रतिबन्ध तिलाेत्तमाको शंकरनगर दुर्गादत्त माविमा प्रतिभा प्रदर्शन युक्रेनी बाँध भत्किदाँ १८ हजार घर डुबानमा, रुस-युक्रेन एक अर्कामा दोषारोपण गर्दै रेलमा आगलागी भएपछि अस्ट्रियाको सुरुङबाट २०० यात्रुलाई बाहिर निकालिए बाबुराम भट्टराई नेतृत्वको नेसपाको केन्द्रिय समिति बैठक आजबाट प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल आज पनि जारी रहने प्रधानमन्त्री प्रचण्ड आज बुटवल आउँदै, लुम्बिनी केबलकारको उद्घाटन गर्ने भारतसँग भूमि सट्टापट्टाबारे अरूले निर्णय नै गरेका छन्, समय आएपछि प्रमाण देखाउँछु : प्रधानमन्त्री रेडक्रस सोसाइटी बर्दिबासद्वारा सर्पदंश उपचार केन्द्रलाई स्वास्थ्य सामग्री प्रदान  तिनाउको शैक्षिक सुधारका लागि आलोचना हैन समालोचना आवश्यक भारतीय सीमावर्ती बजारबाट अखाद्य मासुजन्य पदार्थ भित्रिएको आशंकामा बुटवलमा अनुगमन अनलाइन ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ प्रियंकासँग सहकार्य गर्दै जुनियर एनटिआर बुटवलमा करोडौँ मूल्य पर्ने २६ कठ्ठा सरकारी जग्गा किनबेच लागुऔषधसहित ५ जना पक्राउ हत्या आराेपमा एकजना पक्राउ पूर्वराज्यमन्त्री महेश चौधरीको निधन दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ