ताजा अपडेट »

आकस्मिकबाहेक देशभरका अस्पतालमा सबै सेवा ठप्प

शुक्रबार, १८ माघ २०७५, ०५ : १३
10 Shares

माघ १८,

काठमाण्डौं । नेपाल चिकित्सक संघले आज (शुक्रबार) देशभरका अस्पतालमा आकस्मिकबाहेक सबै स्वास्थ्य सेवा ठप्प पारेको जनाएको छ ।

चिकित्सा शिक्षा सुधारको माग गर्दै १६औं पटक अनशनमा बसेका डा. गोविन्द केसीको जीवन रक्षा माग गर्दै चिकित्सकहरू आन्दोलनमा उत्रिएका हुन् ।

त्रिवि शिक्षण अस्पतालसहित देशभरका अस्पतालमा आकस्मिकबाहेक बिहानैदेखि सबै सेवा बन्द गरिएको चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले जानकारी दिए ।

यसअघि देशभरका अस्पताल हातामा चिकित्सकहरू रिले अनशनमा बसेका थिए । तर सरकारले कुनै सुनुवाइ नगरेकाले कडा संघर्षमा उत्रनुपरेको चिकित्सक संघका अध्यक्ष श्रेष्ठको भनाइ छ।

१५औं अनशन तोडाउने बेला ओली सरकारले आफूसँग गरेको सहमतिविपरीत चिकित्सा शिक्षा विधेयक संशोधन हुनुपर्ने माग गर्दै डा. केसी गत पुस २५ गतेदेखि १६औं अनशनमा बसेका हुन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।