ताजा अपडेट »

अर्घाखाँचीको सन्धिखर्क खानेपानीले घटायो महसुल

विहीबार, २० माघ २०७८, २१ : ५१
6 Shares

अर्घाखाँची । सन्धिखर्कमा खानेपानीको न्यूनतम महसुल घटाइएको छ । सन्धिखर्कमा खानेपानी सेवा प्रदान गरिरहेको साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता मूल संस्थाले साबिकको मूल्यमा ५० कटौती गरी मासिक न्यूनतम शुल्क १५० कायम गरेको हो ।

२०० रुपियाँ न्यूनतम महसुल लिइरहेको संस्थाले फागुन १ बाट लागू हुनेगरी मुल्य घटाइएको संस्थाका अध्यक्ष दुर्गाप्रसाद श्रेष्ठले जानकारी दिए । 

माघ १९ गते बसेको सञ्चालक समितिको बैठकले मूल्य समायोजन गर्ने निर्णय गरेको हो । बैठकले संस्थाको पाचौं अधिवेशन यही चैत्र १२ गते गर्ने निर्णय समेत लिएको कार्यालय प्रमुख कृष्णप्रसाद आचार्यले जानकारी दिए । 

संस्थाले सदरमुकाम सन्धिखर्कका १ हजार ८ सय ४१ घरपरिवारमा पिउने पानी उपलब्ध गराउँदै आएको छ । जिल्ला सदरमुकाम सन्धिखर्कमा खानेपानी उपलब्ध गराउने यो एकमात्र संस्था हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।