ताजा अपडेट »

थप १० हजार ३१९ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

सोमबार, १० माघ २०७८, १६ : १९
4 Shares

बुटवल । पछिल्लो २४ घण्टामा नेपालमा थप १० हजार ३१९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १६ हजार ६५४ र एन्टिजेन विधिबाट ४ हजार ४५७ जनामा परिक्षण गर्दा १० हजार ३१९ जनामा कोरोना संक्रमण देखिएको हो ।

यस्तै, आज थप २ हजार ५४० जना कोरोना संक्रमण मुक्त भएका छन् भने ४ जनाको मृत्यु भएको जानकारी छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ८२ हजार ५५० रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।