ताजा अपडेट »

तिलोत्तमामा सुनिल ढुङ्गाना स्मृति कपको दोश्रो संस्करण

शनिबार, ०३ पुस २०७८, १२ : २९
14 Shares

तिलोत्तमा । सुनिल ढुङ्गाना स्मृति कप तिलोत्तमा वडा स्तरिय टि-२० क्रिकेट प्रतियोगिताको दोश्रो संस्करण आज ( शनिवार ) देखी शुरु भएको छ ।

तिलोत्तमा क्रीकेट बिकास समितिको आयोजना संचालित प्रतियोगिताको तिलोत्तमा नगर खेलकुद बिकास समितिका अध्यक्ष राजेन्द्र गुरुङले उद्घाटन गरे । प्रतियोगितामा तिलोत्तमा नगरपालिकाका १४ टिमको सहभागिता रहेको छ ।ज्योतिनगगर खेल मैदानमा संचालित प्रतियोगिता पुस १० गते शनिबार सम्म चल्ने खेल संयोजक माधव पन्तले जानकारी दिए ।

तिलोत्तमा क्रीकेट बिकास समितिका संस्थापक अध्यक्ष सुनिल ढुङ्गानाको स्मृतिमा गत वर्षदेखि समितिले प्रतियोगिता सञ्चालन गर्न थालेको हो । तिलोत्तमा क्रीकेट बिकास समितिका अध्यक्ष दिपक शर्मा भुर्तेलको अध्यक्षता, तिलोत्तमा नगर खेलकुद बिकास समितिका अध्यक्ष राजेन्द्र गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सन्चालन समितिका उपाध्यक्ष राजेन्द्र केसिले गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।