ताजा अपडेट »

तिलोत्तमा नगरस्तरीय तेस्रो राष्ट्रपति रनिङसिल्ड खेल उत्सवका रुपमा मनाइने

सोमबार, २० मंसिर २०७८, १९ : ०९
4 Shares


तिलोत्तमा । तिलोत्तमा नगर स्तरी तेस्रो राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता मंगलवार देखि हुने भएको छ । खेलको सम्पूर्ण तयारी पुराभएको आयोजक तिलोत्तमा नगर खेलकुद विकास समितिले जनाएको छ ।

तिलोत्तमा नगर भित्रका सामुदायिक र संस्थागत गरी ३४ विद्यालय सहभागी हुने खेल मंगलवार विहान ८ बजेबाट जनज्योति क्लवको खेल मैदान डिङगरनगरमा सुरु हुने नगर खेलकुद विकास समितिका अध्यक्ष राजेन्द्र गुरुङले जनाकारी दिए । खेलको सुरुवात गत बर्षको रनिङसिल्ड विजेता कुवरवर्ति मावि प्रदीपनगरले रानिसिल्ड आयोजकलाई हस्तान्तण गर्नेछ । अध्यक्ष गुरुङका अनुसार खेलको औपचारिक उद्घाटन भने दिउसो १ बजे हुनेछ । खेलको उद्घाटन तिलोत्तमा नगपालिकाका प्रमुख बासुदेव घिमिरेले गर्नेछन् ।

नगरपालिकाले खेल उत्सवका रुपमा मनाउन लागेको तेस्रो रनिङसिल्ड अन्तरतग एथल्टिक्स तर्फका सवै इभिन्टहरू समावेश हुनेछन् । जस अन्तरगत छात्र, छात्रा भलिवाल, हाई जम्प, लङजम्प, ट्रिपलजम्प, सटपुट, ज्याव्लिन थ्रुलगाएतका खेल हुने समिति सदस्य दिपक खनालले बताए ।
तिलोत्तमा नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा हुने खेलमा छात्र, छात्रा १ सय मिटर दौड, २ सय मिटर, ४ सय मिटर, ८ सय मिटर, १ हजार ५ सय मिटर, ३ हजार मिटर दौड हुने छ । तीन दिन संचालन हुने खेलमा ४ इन्टु १० रिले, ४ इन्टु ४ सय रिलेका इभेन्टहरु पनि हुने छन् ।

खेल अवधिमा सास्कृतिक कार्यक्रम समेत प्रस्तुत गर्ने तयारी समेत गरिएको छ । खेल अवधिमा सर्वेत्कृष्ट खेल प्रर्दशन गर्ने खेलाडीहरु जिल्लाका लागि छनोट हुने उनको भनाई छ । खेल संचालनका लागि झण्डै ११ लाख खर्चको अनुमान गरिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।