ताजा अपडेट »

तिलोत्तमा प्रिमियर लिग : पाल्पाली लिजेण्डस् र रेन्बो विजयी

बुधबार, २९ असोज २०७६, १७ : ५८
4 Shares

असोज २९,
ग्लोबल आवाज
बुटवल । प्रदेश स्तरीय क्रिकेट प्रतियोगिता सर्बोत्तम तिलोत्तमा प्रिमियर लिग सिजन–३ को पाँचौं दिन बुधबार भएका खेलमा पाल्पाली लिजेन्डस् र रेन्बो ज्ञानोदय गोल्ड विजयी भएका छन् । लिग चरण अन्तरगत बुधबार भएको पहिलो खेलमा रेन्बो गोल्डले रुपन्देही पल्टन्स्लाई ६ विकेटले पराजीत गरेको हो । टस जितेर पहिले ब्याटिङ रोजेको रुपन्देहीले १६ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर ७६ रनमा समेटिएको थियो । रुपन्देहीका लागि दिनेश मगरले १६ तथा दिपेन्द्र सिं ऐरीले १५ रन बाहेक अन्य खेलाडीले दोहोरो अंक बटुल्न सकेनन् ।

रेन्बोका लागि प्रजिस जि.सी र दिवान पुनले समान ३ तीन विकेट लिएका थिए भने कमल ओली, जितेन्द्र शाही र सुनिल धमालले समान १ एक विकेट लिएका थिए । ७७ रनको झिनो लक्ष्य पक्षाएको रेन्बोले १२ दशमलव १ ओभरमा ४ विकेट गुमाएर जीत दर्ता गरेको हो । रेन्बोका लागि सुनिल धमालले ३९, हर्जित सिंले २१, देव खनालले ११ तथा आनन्द गौडले १ रनको योगदान गरेका थिए । बलिङतर्फ रुपन्देही गोल्डस्का रुपेस कुर्मी, दिपेन्द्र सिं ऐरी र रोविन क्षेत्रीले समान १ एक विकेट लिएका थिए । बुधबारको पहिलो खेलमा दिवान पुन म्यान फ दि म्याच घोषित भएका छन् । प्रतियोगिता अन्तरगतको दोस्रो खेलमा पाल्पाली लेजेन्डस् ७ विकेटले विजयी भएको छ । टस हारेर पहिले व्याटिङको निम्तो पाएको एक्सपर्ट रोयल शंकरनगर दिएको १ सय ५२ रनको लक्ष्य ३ विकेटको क्षेतीमा पाल्पाले हासिल गरेको हो ।

पाल्पालीका सुबेन्दु पाण्डे र निर्मल थापाको १ सय १८ रनको साझेदारीको सहायताले पाल्पालीले आजको खेलमा जीत दर्ता गर्दै प्रिमियर लिगको सेमिफाईनलमा दाबेदारि पेश गरेको छ । पाल्पाली लिजेण्डस्ले लिगका ४ खेलमा ३ खेलमा बिजयी हुँदै सेमिफाइनलमा दाबेदारी पेश गरेको हो । पाल्पाली लिजेण्डस्ले आफ्नो अन्तिम ओभरको पहिलो बलमा लक्ष्य प्राप्त गरेको थियो । यस अघि ब्याटिङ्ग गरेका शंकरनगरका लागि रोहितकुमार पौडेलले सर्बाधिक ८५ रनको योगदानगर्दै बिपक्षिको २ विकेट लिन सफलभएकाथिए । प्रतियोगितामा पाल्पालीका सुबेन्दु पाण्डे म्यानअफ द म्याच र निर्मल थापा मष्ट भ्यालुएवल प्लेयर बन्न सफल भए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।