ताजा अपडेट »

रुपन्देही उद्योग संघको अध्यक्षमा बोहोरा र्निविरोध

मंगलबार, २८ असोज २०७६, १६ : ३१
6 Shares

असोज २८,
ग्लोवल आवाज

बुटवल । रुपन्देही उद्योग संघको आगामी कार्यकालका लागि मूख्य पदहरुमा निर्विरोध नेतृत्व चयन भएका छन् । सोमबारदेखि सुरु भएको संघको निर्वाचन प्रक्रियामा अध्यक्ष पदका लागि बाबुराम बोहोरा सहित अन्य मूख्य पदहरुमा समेत एकल उमेद्वारी परेपछि निर्विरोध हुने भएको हो । संघका प्रेस सल्लाहकार तथा निर्वाचन आयोगका सदस्य सुमन अधिकारीका अनुसार वरिष्ठ उपाध्यक्षमा माधव पौडेल, प्रथम उपाध्यक्षमा दिलिप सापकोटा, द्वितीय उपाध्यक्षमा कृष्ण पराजुली सहित ८ वटा पदमा एकल उमेद्वारी परेको हो ।

आगामी असोज ३० गते विहीवार हुने रुपन्देही उद्योग संघको ४१ औं साधारणसभा तथा २१ औं अधिवेशनको सोमबारबाट निर्वाचन प्रक्रिया सुरु भएको हो । अधिवेशनको रुपन्देही क्षेत्र नं. २ का सांसद, पूर्व अर्थमन्त्री तथा नेकपाका महासचिव विष्णु पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको संघले जनाएको छ । निर्वाचन कार्यक्रम अनुसार सोमबार मतदाता नामावली प्रकाशन गरिएको छ । मँगलबार उमेद्वारी दर्ता भएका छन् । उम्मेदवारको अन्तिम नामावली भोलि बुधवार प्रकाशन गरिने छ । अधिवेशन अन्र्तगत नयाँ कार्यसमिति चयनका लागि निर्वाचन सम्पन्न गर्न गठित संघका कानुनी सल्लाहकार यमलाल खनाल प्रमुख निर्वाचन आयुक्त रहेको ३ सदस्यीय निर्वाचन समितिले सोमवारबाट निर्वाचनको काम आरम्भ गरेको हो ।

समितिमा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जीसी र संघका प्रेस सल्लाहाकार सुमन अधिकारी सदस्य रहेका छन् । अधिवेशन बुटवल उपमहानगरपालिका ४ स्थित कान्ति माविको सभाहलमा गर्ने गरी स्थान तय भएको संघले जनाएको छ । निर्वाचन समितिका अनुसार निर्वाचनका लागि मतदाताको संख्या १ हजार ३० रहेका छन् । जसमा साधारण ८९३, एशोसिएट ४९, संंस्थागत ७ र महिला ८१ रहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।