ताजा अपडेट »

कांग्रेस महाधिवेशनः रुपन्देही-३ मा अझै सुरु हुन सकेन मतदान, सञ्चारकर्मीलाई प्रवेश निषेध

मंगलबार, ०७ मंसिर २०७८, ११ : ४१
2 Shares

भैरहवा । मात्रिका प्रसाद यादव समूहको कारण स्थगित भएको नेपाली कांग्रेस क्षेत्र नम्बर ३ को मतदान कार्यक्रम अझैसम्म सुरु हुन सकेको छ्रैन् । रुपन्देही जिल्लाका लागी खटिएका निर्वाचन अधिकृत भेषराज घिमिरेले सूचना जारी गर्दै बिहान १० बजे देखी ३ बजेसम्म मतदान हुने जनाए पनि साढे ११ बजेसम्म पनि मतदान सुरु हुन सकेको छैन् ।

हिजो भएको तनावको कारण आज सबै मतदाताहरुलाई पार्टी कार्यालय बाहिर नै राखिएको छ । मतदाको बिषयमा जानकारी लिन खोज्ने सञ्चारकर्र्मीलाई समेत भित्र प्रवेश गर्न दिईएको छैन । निर्वाचन अधिकृत भेषराज घिमिरेलाई यस बारे फोनबाट जानकारी लिदा उनले चाँडै मतदान सुरु हुने जनाएका छन् । मतदान प्रक्रिया सुरु नहुँदासम्म पत्रकार र अन्य सबैलाई प्रवेश निषेध गरिएको घिमिरेले जनाए ।

निर्वाचन समितिको चरम लापारवाहीको कारण हिजो मतदान प्रक्रिया नै स्थगित गर्नु परेको थियो । मनोनयन पछि मतपत्र तयार गर्न गएका निर्वाचन समिति करिब ४ घण्टा “गायब” भएका थिए । भैरहवामा छपाई हुन नसक्ने बहाना बनाउदै निर्वाचन समिति बुटवलबाट मतपत्र छपाएर ल्याउदा मात्रिका यादव समूहले ढिलो भएको भन्दै मतदान नगर्न आग्रह गरेका थिए ।

एक पक्षको आग्रहका बावजुद निर्वाचन समितिले मतदान सुरु गरेको थियो र करिब ५० मत खसि सक्दा “माथिको आदेश” बताउदै मतदान प्रक्रिया स्थगित गरेको जनाएको थियो । क्षेत्र नम्बर ३ मा खटिएको मतदान अधिकृत जिवनारायण अधिकारीले ब्यवस्थापनमा सहयोग गर्ने दायित्व क्षेत्रिय सभापति मात्रिका यादवको भए पनि उनले सहयोग नगरेको आरोप सहित मतदान स्थगित गरेका थिए ।

हिजो स्थगित भएको मतदान आज बिहान १० बजे देखी हुने सूचना पाएर मतदान स्थलमा आएका मतदाताहरु अहिलेसम्म मतदान हुन नसक्दा आक्रोशित देखिएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।