२६ जेष्ठ २०८०, शुक्रबार

Jun 9, 2023

काठमाडौं । मैत्रीपूर्ण टी–ट्वान्टी क्रिकेट खेलमा नेपाली महिला टोलीले कतारलाई मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कतारको दोहामा भएको पहिलो खेलमा टस हारेर ब्याटिङ निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १४६ रन बनाएको हो । 

Advertisement

१४७ रनको लक्ष्य प्रस्तुत गर्ने क्रममा नेपालका लागि इन्दु बर्माले अर्धशतकीय इनिङ खेलिन् । ४७ बलमा ५ चौका हिर्काएकी इन्दुले सर्वाधिक ५५ रन बनाइन् । 

यस्तै, सीता राना मगरले ३९ रनको योगदान गरिन् भने सरिता मगरले २१ रन बनाइन् । नेपालकी कप्तान रुविना क्षेत्री भने २ बल खेल्दै शून्य रनमा आउट भइन् । 

यता, टस जितेर बलिङ रोजेको कतारको लागि एन्जिलिनी मारे र सविजा पनायनले समान १ विकेट लिए । 

विश्वकप छनोटका लागि ग्लोबल छनोट खेल्नु अघि नेपालले कतारसँग तीन टी–ट्वान्टी शृंखला खेल्न लागेको हो । नेपाल र कतारबीचको यो पहिलो मैत्रीपूर्ण खेल हो । 

प्रतिकृया दिनुहोस्

Flash News

जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ यस्तो छ लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम (पूर्णपाठ) गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय नै खोलिनुपर्छ : नेता महर प्रधानमन्त्री प्रचण्डविरूद्धको ‘युद्ध अपराध’सम्बन्धी रिट दर्ता गर्न बाटो खुल्यो एमाले नेतामाथिको आक्रमणमा सत्ताधारीको संलग्नता देखियो : योगेश भट्टराई गुल्मीका रामु बिक ५ दिनदेखि बेपत्ता जलहरी बहस संसदको रेकर्डवाट हटाएकोमा रामहरी खतिवडाको आपत्ति विद्यालय कर्मचारी माथि राज्यबाटै चरम श्रमशोषण नेपाल धितोपत्र बोर्डले मनकामना दरौंदी हाइड्रोपावरको सेयरमा आवेदन नदिन आग्रह पहिचानको नाममा अराजकता मच्चाउनेलाई कारबाही गरिनेछः गृहमन्त्री  सुनचाँदीको भाउमा उतारचढाव कुमारी बैंकको १ लाख ४६ हजार कित्ता संस्थापक सेयर लिलामी खुल्यो आइएमई लाइफको आइपीओ खुला हुने २९ जिल्ला न्यायाधीशका लागि दरखास्त आव्हान [सूचनासहित] अत्याधिक गर्मी बढेपछि तिलोत्तमामा निः शुल्क सर्वत पानी वितरण ४७ बर्षकी भइन टाइटनिककी रोज  नेपालका असरफसँग डिल गरे पछि सञ्जीव जीवाकाे लखनउ अदालतमा हत्या लुम्बिनी प्रदेश सरकारले आज नीति तथा सार्वजनिक गर्ने भाषण गर्न नपाउँदा सभामुख घर्तीको आक्रोस : लुम्बिनी केवलकारलाई ‘पूँजीवादी दलाल’का पनि ‘दलाल’को संज्ञा क्यानडाको डढेलोले अमेरिकाकाे न्युयाेर्कलगायतका सहर धुवाँले ढाकियो