२१ जेष्ठ २०८०, आईतवार

Jun 4, 2023

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार हुने साताको तेस्रो दिन नेप्से ६९.२२ अङ्कले बढेर दुई हजार ७८४.५७ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १४.९२ अङ्कले बढेर ५२१.४६ मा पुगेको छ ।

Advertisement

नेप्सेमा सुधार भए पनि कारोबार रकम भने औसतमा रहेको छ । कूल २२७ कम्पनीको एक करोड ९३ हजार २२१ कित्ता शेयर रु पाँच अर्ब ५२ १६ करोड ५० लाख ८५७ मूल्यमा खरिद बिक्री भए । नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहको शेयर नै उकालो लागेको छ । बैंकिङ ३४.३९, व्यापार ६३.४२, होटल तथा पर्यटन ७०.६, विकास बैंक १११.२४, जलविद्युत् १६४.२, वित्त ८२.३८, निर्जीवन बीमा १८८.२४, उत्पादन १२८.१५, अन्य १११.७६, लघुवित्त ८९.५५, जीवन बीमा २७०.६१, सामूहिक लगानी कोष ०.१३ र लगानी १.५९ अङ्कले बढेको छ ।

कारोबारका आधारमा महालक्ष्मी विकास बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु ३७ करोड २६ लाख ८८ हजार ४९८ बराबरको कारोबार भयो । यस्तै, नेशनल हाइड्रोपावर रु ३० करोड ४२ लाख १९ हजार ७९९, अपि पावर कम्पनी रु २३ करोड ३६ हजार ७३ हजार ४३५, लुम्बिनी विकास बैंक रु १८ करोड २४ लाख ८३ हजार र नेपाल दूरसञ्चार कम्पनी लिमिटेड रु १६ करोड ४३ लाख ३९ हजार २४९ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए । मङ्गलबारको कारोबार पछि बजार पूँजीकरण रु ३९ खर्ब १६ अर्ब ४४ करोड ७८ लाख ४८ हजार ३८३ बराबर पुगेको छ ।

आठ कम्पनीको शेयरमा सर्किट

नेप्सेका अनुसार कारोबार भएका विभिन्न कम्पनीमध्ये आज आठ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । ती कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको हो । नेपाल बङ्गलादेश बैंक, नेपाल दूरसञ्चार कम्पनी, महालक्ष्मी विकास बैंक, पञ्चकन्या माई हाइड्रोपावर, माथिल्लो तामाकोशी, मानुषी लघुवित्त र तेह्रथुम पावर कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको हो ।

यस्तै, विजय लघुवित्त २.३७, नेपाल एसबिआई बैंकको डिवेञ्चर २.३४, लक्ष्मी इक्विटी फण्ड १.७६, मिथिला लघुवित्त एक, एनएलजी इन्स्योरेन्सका लगानीकर्ताले ०.९५ प्रतिशतले गुमाए । रासस

प्रतिकृया दिनुहोस्

Flash News

घरबहाल सम्बन्धी समस्या समाधान गर्न राज्यपक्ष गम्भिर हुनुपर्ने एक पक्षीय भएको भन्दै पत्रकार महासंघ रुपन्देहीको शुद्धिकरण प्रस्तावलाई प्रेस चौतारीले गर्यो अस्वीकार भारतले आफ्ना नागरिकलाई नेपाली नागरिकता दिलाउन खोजिरहेको छ : चित्रबहादुर केसी राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयनलाई सर्वोच्चले रोक्यो भिरबाट लडेर १९ वर्षीय किशोरको मुत्यु नवलपरासीमा भत्किएको पुलमा दुर्घटना भएको मृतकको परिचय खुल्यो जाउँ हिड रेसुङ्गा… १० प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन हेमन्तले जन्माएको वेलकम टु हेम्जाकोट छुवाछुत उन्मूलन दिवसको अवसरमा देविनगर राखियो सूचना वोड प्रतिनिधिसभा बैठक भोलि ११ बजेसम्मका लागि स्थगित गायिका समीक्षा अधिकारीको ‘ए सुवा’मा समारिका र जोन गौर हत्याकाण्डविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता, भोलि पेसी लागूऔषधसहित ६ जना पक्राउ मलेसियासँगको शृंखला उपाधि नेपाललाई जसपाको अगुवाइमा भएको संघर्षका कारण परिवर्तन सम्भव भयोः महेन्द्र यादव खाना नास्ता प्रकरण : गल्ती लुकाउन २४ लाखको झुटो विवरण, भुक्तानी दिएको १४ लाख गायब संसद बैठक १ घण्टाका लागि स्थगित नागरिकता विधेयक प्रमाणीकरणले संसद बैठक अवरुद्ध, सांसदहरुको नाराबाजी   काफल बेच्दै कलमकापीको जोह गर्दै बालबालिका